spot_img
शुक्रबार, फाल्गुन ११, २०८०
शुक्रबार, फाल्गुन ११, २०८०
- Advertisement -spot_imgspot_img
समाचारधनुषामा लागु औषध सहित ३ जना पक्राउ

धनुषामा लागु औषध सहित ३ जना पक्राउ

असार २२ जनकपुरधाम । धनुषाकाे जनकपुरधाम स्थित मुजेलिया प्रहरी चाैकीले लागु औषध सहित ३ जना पुरूषलाई पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा जनकपुरधाम रजाैल-१४ का २० बर्षकाे अरविन्द मुखिया, साेही ठाउँ बस्ने बर्ष २२ को रंजित मुखिया र बर्ष २१ को सोयल मन्सुरी रहेका छन् ।

वुधबार मुजेलिया चाैकीबाट खटिएका टाेलीले उनीहरूलाई शंकास्पद रूपमा हिंडुल गरिरहेका अबस्थामा चेकजाँच गर्ने क्रममा प्रतिबन्धित लागु औषध नाईन्ट्राभेट ट्याब्लेट २०८ पिस ( ७ पता ), पेन्टा जोसिन ४१ पिस (९ पता) र ज्योनी कम्पनीको स्क्रिन टच मोवाईल १ थान सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पक्राउ परेकाहरूलाई लागु औषध मुद्दामा म्याद थप लिई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक तथा प्रबक्ता वेद प्रसाद गाैतमले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार