विजय कुमार ठाकुर
असार २०,जनकपुरधाम । नेकपा एमाले मिथिला बिहारी नगरपालिका , धनुषा , नगर कमिटीले नगर प्रमुख राजेन्द्र प्रसाद यादवलाई विभिन्न माग सहित ज्ञापन पत्र बुझाएका छन् ।
ज्ञापन पत्रमा किसानहरुको लागि मलखाध, बिउ बिजन, सामाजिक सुरक्षा भत्ता , आय व्ययको विवरण , सवारी साधनको प्रयोग , सामुदायिक बिद्यालयमा शिक्षाको गुणस्तर , किताकाट , बिगतको आर्थिक बर्षमा कार्यपालिका वा अन्य कुनै निकायबाट भएको बैठकबाट पारित भएको भुक्तानी बाँकी रकमहरुको भुक्तानी , महिला सशक्तीकरण तथा लक्षित बर्ग को लागि संचालन भएको तालिमहरुको विवरण सार्बजनिक गर्न माग गरिएको छ ।
यसैगरी नगरपालिका भित्र भइरहेको चरम भ्रष्टाचार , जग्गाको वर्गीकरण , नगरपालिकाको प्रशासकीय भवन , जेष्ठ नागरिक मिलन केन्द्रको भवन जेष्ठ नागरिकलाई हस्तान्तरण गर्नु पर्ने जस्ता मागहरू ज्ञापन पत्रमा उल्लेख छ ।
ज्ञापन पत्र बुझाउनेमा नगर कमिटीका अध्यक्ष शिब चन्द्र मण्डल , पुर्ब नगर प्रमुख अनिल कुमार यादव , जिल्ला कमिटी सदस्य रौदी मुखिया ,अमर महासेठ , पुर्ब वडा अध्यक्ष प्रमोद मण्डल , राम प्रकाश यादव , नगर कमिटीका सदस्यहरु , वडा कमिटीका अध्यक्ष तथा सदस्यहरु जंगबाहादुर यादब , चन्दर मण्डल, बैधनाथ साह , धर्म नाथ यादव , लगायतका नेता तथा कार्यक्रताहरुको उपस्थिति रहेको थियो ।