२० असार , काठमाडौँ । राष्ट्रियसभा बैठक आज पनि बस्दैछ । सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा दिउँसो २ः३१ बजेका लागि बैठक बोलाइएको छ ।
सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र खानेपानी मन्त्रालयमाथि छुटाइएको बजेटमाथि छलफल हुनेछ ।