spot_img
सोमबार, अशोज ८, २०८०
सोमबार, अशोज ८, २०८०
- Advertisement -spot_imgspot_img
समाचारपशुपतिनाथमा चढाइएको सुनको जलहरी जोख्ने तयारी

पशुपतिनाथमा चढाइएको सुनको जलहरी जोख्ने तयारी

- Advertisment -spot_img

१० असार , काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालबाट गएको अनुसन्धान अधिकृतको टोलीले पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरी जोख्ने तयारी गरेका छन्।

आइतबार दिउँसो पशुपति पुगेको अख्तियारको टोलीले पशुपति विकास कोषका पदाधिकारीसँग छलफल गरेपछि सुन जोख्ने तयारी गरेको हो। सुन जोख्न सिसिटिभी र बत्ती जडानको काम पनि भइरहेको छ। त्यसपछि जोख्न लागेको हो।

सुनको जलहरी जोख्न अख्तियारको टोलीसँगै गुणस्तर तथा नापतौल विभाग, खानी तथा भुगर्भ विभाग, सुनचाँदी व्‍यवसाय महासंघका प्रतिनिधि समेत त्यहाँ पुगेका छन्।

अहिले जलहरी जोख्न पशुपति परिसरमा सुरक्षा व्यवस्था समेत कडा पारिएको छ। नेपाली सेना समेत खटिएका छन्।

दर्शन गर्न आएका भक्तजनहरूलाई पनि मुल गेटबाटै भित्र प्रवेश दिइएको छैन।

उक्त जलहरी १०७ किलो ९२४.७५ ग्राम सुनको जलहरी हालेको भनिएको थियो। तर महालेखा परीक्षकको प्रतिवेदनमा १० किलो ९७६ ग्रामको रिङ बनाएर हालेको भनिएको पुष्टि नहुने भनेको थियो।

महालेखाको प्रतिवेदन बाहिरिएपछि यसले चर्चा पाएको हो।

पशुपति विकास कोषका सदस्य–सचिव मिलनकुमार थापाले भने सुनमा कुनै प्रकारको बदमासी नभएको दाबी गर्दै आएका छन्। उनले सुनमा घटी आए आफू सजाय भोग्न तयार रहेको बताएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img

ताजा समाचार