spot_img
आइतबार, बैशाख ७, २०८२
आइतबार, बैशाख ७, २०८२
- Advertisement -spot_imgspot_img
समाचारकठाेर संघर्श पछि इन्द्रजित साफी चारै दाजुभाइ सहित ...

कठाेर संघर्श पछि इन्द्रजित साफी चारै दाजुभाइ सहित नागरिकता पाए

१० असार, जनकपुरधाम । नागरिकता संघर्ष समितिका अध्यक्ष इन्द्रजित साफीले चार दाजुभाइ सहित धनुषाबाट  नागरिकता प्राप्त गरेका  छन्  ।

नागकिता नपाएर लामो समयदेखि संघर्षरत्त इन्द्रजितले दाजु भाइ सहित  जिल्ला प्रशासन कार्यालय धनुषाबाट वंशजको नागरिकता प्राप्त गरेका हुन् ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका ४ भरतपुर घर भएका इन्द्रजितले ३१ वर्षको उमेरमा नागरिकता पाएका हुन् ।

- Advertisement -

आमा सोनावतीसँग चारछोराहरु नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय धनुषा पुगेका थिए ।

जेठो इन्द्रजित, माहिलो २९ वर्षका रञ्जित साफी, २२ वर्षका छोटु साफी र कान्छो वर्ष २१ का रविन साफीलाई जिल्ला प्रशासन कार्यालय धनुषाले नागरिकता उपलब्ध गराएको हो ।

- Advertisement -

उनीहरुलाईलाई प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले नागरिकता हस्तान्तरण गरेका हुन् ।

नागरिकता पाएपछि ईन्द्रजितले बल्ल यो देशको नागरिक भएको अनुभुती भएको बताए । ‘बल्ल आजदेखि नेपाली नागरिक भएको अनुभूति र अपार खुसी महसुस भइरहेको छ। अब यो देशमै केही गर्छु’, उनले भने ।

उनी नागरिकता संघर्ष समितिका संयोजक भएर आन्दोलनरत थिए । ईन्द्रजित सिभिल इन्जिनियर हन् ।

- Advertisement -

बुबा विक्रम धोवीको नागरिकता जन्मसिद्ध भएको कारण उनले नागरिकता पाउन सकेका थिएनन् । तर राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता सम्बन्धी विधेयक कार्यान्वयन गर्न सर्वोच्च अदालते बाटो खोलेपछि उनीहरुले नागरिकता पाएका हुन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार