राकेश साह
१० असार , जनकपुरधाम । धनुषाकाे लक्ष्मीनियाँ गाउँपालिकाले एघारौं गाउँसभाबाट अगामी आर्थिक वर्ष २०८०/०८१ काे नीति तथा कार्यक्रम प्रस्तुत गरेकाे छ ।
लक्ष्मीनियाँ गाउँपालिकाकाे अध्यक्ष भाेगेन्द्र मिश्रले वडा नं ७ स्थित लक्ष्मीपुर वगेवा स्वास्थ्य चाैकीमा आयाेजना भएकाे गाउँपालिकाकाे एघारौं गाउँसभाबाट सुन्दर , समुन्नत र समृद्ध लक्ष्मीनियाँ गाउँपालिकाकाे नारा सहित आ.व. २०८०/०८१ काे ४५ कराेड २७ लाख २८ हजार बजेट प्रस्तुत गरेका थिए । यसमध्ये क्रमशः पूजीगत खर्च तर्फ ५९ प्रतिशत र चालु खर्च तर्फ ४१ प्रतिशत विनियोजन गरिएको छ ।
आम्दानी तर्फ वित्तीय समानीकरण अनुदान ( संघीय सरकार ) बाट १० कराेड ११ लाख , राजस्व बाँडफाँड ( संघीय सरकार ) बाट ७ कराेड ५४ लाख ९ हजार , वित्तीय समानीकरण ( प्रदेश सरकार ) बाट ७३ लाख ७ हजार , राेयल्टी बाँडफाँड ( संघीय सरकार ) बाट ५ हजार ,सशर्त अनुदान ( संघीय सरकार ) बाट १५ कराेड , सम्पुरक अनुदान संघीय सरकार ) बाट ३ कराेड ७ लाख १२ हजार, विशेष अनुदान ( संघीय सरकार ) बाट ४ कराेड ७७ लाख ,सम्पुरक अनुदान ( प्रदेश सरकार ) बाट २० लाख र विशेष अनुदान( प्रदेश सरकार )बाट ३० लाख प्राप्त हुने अनुमान गरिएकाे छ ।
यस्तै आन्तरिक राजस्वबाट २ कराेड ५० लाख र आ.व.२०७९/०८० काे बाँकी अल्याबाट १ कराेड गरि जम्मा रू ४५ कराेड २७ लाख २८ हजार बिनियाेजन गरिएको छ ।
यसैगरी खर्च तर्फ गाउँपालिका चालू खर्च तर्फ ७ कराेड ९७ लाख १२ हजार , आर्थिक विकास तर्फ १ कराेड ५० लाख, सामाजिक विकास तर्फ २ कराेड , पूर्वाधार विकास तर्फ ९ कराेड १० लाख ९ हजार , वन वातावरण तथा विपद् व्यवस्थापन तर्फ २० लाख , संस्थागत विकास तथा सेवा प्रबाह तर्फ १ कराेड , सम्पुरक काेष तर्फ ३ कराेड १२ लाख ७ हजार , सबै सशर्त अनुदान तर्फ १५ कराेड , मर्मत सम्भार काेष तर्फ ५० लाख , विपद् व्यवस्थापन काेष तर्फ २० लाख र विशेष अनुदान ( संघ) ४ कराेड ७७ लाख गरि कुल ४५ कराेड २७ लाख २८ हजार विनियोजन गरिएको छ ।
सभा अधिवेशनमा गाउँपालिका उपाध्यक्ष फुल कुमारी यादवले आफ्नाे स्वागत तथा अभिनन्दन मन्तव्य राखेकी थिइन् । कार्यक्रमकाे संयाेजन गाउँपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले गरेका थिए । भने व्यवस्थापन लेखा प्रमुख सन्जित यादवले गरेकाे थियो । कार्यक्रममा प्रदेश सभा सदस्य , पूर्व मन्त्री , कार्यपालिका सदस्य , गाउँका भद्रभलादमी , कर्मचारी , संचारकर्मी र सर्व साधारणकाे उपस्थिति रहेकाे थियोे ।

नीति तथा कार्यक्रम( पूर्ण पाठ सहित )