spot_img
बुधबार, साउन ९, २०८१
बुधबार, साउन ९, २०८१
- Advertisement -spot_imgspot_img
विजनेशबैँक / वित्तराष्ट्र बैंकले रिभर्स रिपोमार्फत २० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट...

राष्ट्र बैंकले रिभर्स रिपोमार्फत २० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्ने

 

८ असार , काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम बढी भएपछि नेपाल राष्ट्र बैंकले फेरि २० अर्ब रुपैयाँ खिच्ने भएको छ ।  राष्ट्र बैंकले रिभर्स रिपोमार्फत २० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिच्न लागेको हो ।

- Advertisement -

एक सूचना जारी गर्दै बैंकले असार १० देखि १७ गतेसम्म ७ दिने अवधिका लागि बोलकबोलमार्फत २० अर्ब खिच्न लागेको जनाएको छ । यसअघि हिजो बिहीबार मात्रै १० अर्ब रुपैयाा खिचिएको थियो । रिभर्स रिपोमार्फत १० अर्ब माग गर्दा बैंकहरुले २६ अर्ब ३३ करोड रुपैयााको आवेदन प्रस्ताव गरेका थिए ।

बोलकबोलमार्फत १० अर्ब रुपैयाँ खिच्दा न्यूनतम २.७३९९ देखि अधिकतम ३.२४०० प्रतिशतसम्म ब्याजदर कायम भएको छ । बैंकिङ प्रणालीमा हाल ३ खर्बभन्दा बढी रकम थुप्रिएको छ । बैंकहरुमा निक्षेप संकलन बढ्दै गएपनि कर्जा प्रवाह बढ्न नसक्दा नगद थुप्रिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार