spot_img
आइतबार, अशोज २७, २०८१
आइतबार, अशोज २७, २०८१
- Advertisement -spot_imgspot_img
समाचारजनकपुरधाम उपमहानगरकाे बजेट २ अर्ब २८ करोड,...

जनकपुरधाम उपमहानगरकाे बजेट २ अर्ब २८ करोड, चालु तर्फ १ अर्ब १३ करोड र पुँजिगत तर्फ ५६ कराेड

 ८ असार , जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले अगामी आर्थिक वर्ष २०८०/८१ का लागि २ अर्ब २८ करोड  रुपैयाँको बजेट ल्याएको छ ।

उपमहानगरपालिकाले शुक्रबार आयोजना गरेको १०औँ नगर अधिवेशनमा नगर उपप्रमुख किशोरी साहले आर्थिक वर्ष २०८०/८१ का लागि २ अर्ब २८ करोड २३ लाख ६८ हजार २९० रुपैयाँको अनुमानित आयव्यायको बजेट प्रस्तुत गरेका हुन् ।

- Advertisement -

सफा, स्वच्छ, सुन्दर र सु–संस्कृत जनकपुरधाम उपमहानगर’ बनाउने नारासहित उपप्रमुख साहले नगर सभालाई सम्बोधन गर्दै विनियोजित खर्चमध्ये चालु खर्च १ अर्ब १३ करोड ६२ लाख, पुंजिगत खर्च ५६ करोड ९५ लाख १८ हजार २९०, वित्तिय व्यवस्थापन तर्फ ५ करोड ३३ लाख ३४ हजार र युआरएलआईपी संचालन तर्फ ५२ करोड ३३ लाख १७ हजार रुपैयाँ बजेट बिनियोजन गरेको जानकारी दिए ।

- Advertisement -

उल्लेखित खर्च व्यहोर्न कुल राजश्वको अनुमान २ अर्ब २८ करोड २३ लाख ६९ हजार २९० रुपैयाँ पेश गरिएको छ । जसमध्ये आन्तरिक स्रोतबाट ८० करोड ४३ लाख ११ हजार २९०, वाह्य स्रोतबाट १ अर्ब ३९ करोड ४२ लाख ९८ हजार तथा युआरएलआईपी संचालनको लागि नगर विकास कोषबाट प्राप्त हुने आन्तरिक ऋण ८ करोड ३७ लाख ६० हजार राजश्व, ऋण तथा अनुदान प्राप्त हुने अनुमान गरिएको छ ।

आन्तिरिक स्रोततर्फ आन्तरिक राजश्व २१ करोड, नेपाल सरकार राजश्व बाँडफाँडबाट ३४ करोड ८४ लाख २६ हजार एक सय, प्रदेश सरकार राजश्व बाँडफाँडबाट १ करोड ८८ लाख ८५ हजार १९०, नगर विकास कोष ऋण ८ करोड ३७ लाख ६० हजार र जनसहभागिताबाट २ करोड ७० लाख प्राप्त हुने अनुमान गरिएको छ । यस उपमहानगरपालिकाको सञ्चित कोषमा बैंक मौज्दात २० करोड रहने अनुमान छ ।

वाह्य स्रोततर्फ अन्तर सरकारी वित्तिय हस्तान्तरणबाट १ अर्ब ३९ करोड ४२ लाख ९८ हजार राजश्व र अनुदान प्राप्त हुने अनुमान गरिएको छ । नेपाल सरकारको सशर्त अनुदानबाट ६० करोड २९ लाख र नेपाल सरकार समानीकरण अनुदानबाट ३२ करोड ५० लाख, नेपाल सरकार समपुरक अनुदानबाट १ करोड २५ लाख र युआरएलआईपी कार्यक्रम संचालनको लागि ४० करोड १२ लाख २३ हजार गरि जम्मा १ अर्ब ३४ करोड १६ लाख २३ हजार राजश्व तथा अनुदान प्राप्त हुने अनुमान गरिएको छ ।

- Advertisement -

प्रदेश सरकार सशर्त अनुदानबाट १ करोड ५० लाख, प्रदेश सरकार विशेष अनुदानबाट ७५ लाख, प्रदेश सरकार समपुरक अनुदानबाट ५० लाख र प्रदेश सरकार समानिकरण अनुदानबाट २ करोड ५१ लाख ७५ हजार गरी ५ करोड २६ लाख ७५ हजार राजश्व तथा अनुदान प्राप्त हुने अनुमान छ ।

त्यस्तै, सार्वजनिक स्थानमा फोहरमैला संकलनको लागि डस्टबिन व्यवस्थापन गर्न ३० लाख, लामखुट्टे नियन्त्रणको लागि अध्ययन गर्न २० लाख तथा सोको प्रतिवेदन अनुरुप कार्य गर्न थप २ करोड ५० लाख, नगरपालिकाको आफ्नो सवारी साधन पार्किंगस्थल तथा ग्यारेजको लागि १ करोड ५० लाख, नगर सौन्दर्यकरण योजना तथा फोहरमैला प्रसोधन केन्द्र निर्माणको लागि २ करोड ५ लाख, रंगभूमि मैदान व्यवस्थापनको लागि सहलगानी अनुरुप २० लाख, रामजानकी अन्तर्राष्ट्रिय रंगशालामा थप निर्माण गर्न २० लाख र घुम्ती शौचालय खरिद गरि संचालन गर्न ३५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

कार्यक्रममा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख मनोजकुमार साहले स्वास्थ्य, शिक्षा, पूर्वाधारको विकासलाई जोड दिनुका साथै सुशासनलाई प्राथमिकतामा राखिएको जानकारी दिए ।

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदै असारे विकासलाई निरुत्साहित गरिने भन्दै उनले उपमहानगरपालिकाको प्रशासनिक सेवालाई चुस्तदुरुस्त बनाउँदै परम्परागत विधिलाई परिमार्जित गर्दै उपमहानगरपालिकाको सबै वडालाई अनलाइन प्रविधिसँग जोडिने बताए । उनले जनकपुरधामलाई नेपालको सांस्कृतिक राजधानी घोषणा गर्न नेपाल सरकारसँग पहल गरिने समेत बताए ।

सडकमा खुला रूपमा विचरण गर्ने छाडा चौपायाहरुको उचित व्यवस्थापनका लागि एक वडा नं. १२ मा पहिलो चरणको गौशाला निर्माण सम्पन्न भएको बताउँदै उनले सोको सञ्चालन २०८० श्रावण १ गतेबाट हुने जानकारी दिए । सामूहिक, व्यावसायिक खेतीलाई प्रोत्साहन गर्दै बजार सुनिश्चित गरिनुका साथै सोको लागि सार्वजनिक निजि साझेदारीमा एक वैज्ञानिक तथा व्यवसायिक अत्याधुनिक व्यवसायिक कृषि बजार सञ्चालन गरिनेछ ।

सार्वजनिक निजि साझेदारीमा जनकपुरधाम उपमहानगरपालिकामा एउटा शीतगृह, कृषि भण्डारण र वितरण केन्द्र स्थापना गरी किसानको उत्पादनलाई बजारीकरण गरिनेछ । “एक टोल एक सामूहिक कृषि उत्पादन, उत्पादन क्षेत्र“ नीतिमार्फत आत्मनिर्भर स्थानीय अर्थतन्त्रको निर्माण गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार