spot_img
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१
- Advertisement -spot_imgspot_img
समाचारओखलढुंगामा पहिरोले २ को मृत्यु, २ जना बेपत्ता

ओखलढुंगामा पहिरोले २ को मृत्यु, २ जना बेपत्ता

 ८ असार, काठमाडौं ।ओखलढुंगाकाे चम्पादेवी गाउँपालिका ८ बिलन्दुमा बिहीबार राति पहिरो जाँदा ३ घर बगाएको छ । पहिरोमा परी २ जनाको मृत्युभएको छ भने २ जना बेपत्ता भएका छन् ।

पहिरोले घर पुरिँदा स्थानीय ३६ वर्षका रणबहादुर गुरुङ र उनकी पत्नी वर्ष ३१ की शिवमाया गुरुङको मृत्यु भएको हो । त्यसैगरी उनका छोरा १० वर्षका दिनेश गुरुङ र १८ महिनाकी छोरी कृतिका गुरुङ बेपत्ता छन् । बेपत्ताको खोजी कार्य भइरहेको जिल्ला प्रहरीका डिएसपी दिपकबहादुर केसीले बताए ।

- Advertisement -

पहिराेले क्षतिग्रस्त घर

स्थानीय अन्य २ जना बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर बगाए पनि परिवारका सदस्यहरु भागेर जोगिन सफल भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राति नै स्थानीयले प्रहरीलाई पहिरोबारे जानकारी दिएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोली घटनास्थल पुगेर स्थानीयसहित उद्धारमा खटिएका थिए । उद्धारका लागि थप प्रहरी समेत जिल्लाबाट खटिएर घटनास्थलतर्फ गइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार