spot_img
बिहिबार, फाल्गुन १७, २०८०
बिहिबार, फाल्गुन १७, २०८०
- Advertisement -spot_imgspot_img
समाचारधनुषाबाट  ट्याक्टर चोरीगर्ने पक्राउ 

धनुषाबाट  ट्याक्टर चोरीगर्ने पक्राउ 

८ असार , जनकपुरधाम । धनुषाबाट  ट्याक्टरसहित एकजना चाेर पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषा धनुषाधाम नगरपालिका ५ बस्ने वर्ष २६ का धर्मेन्द्र कुमार साह रहेका छन् ।

उनलाई धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ८ दिगम्बरपुर स्थिबाट बुधबार साँझ ७ बजे पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमले जनाएका छन् ।

उनका अनुसार बुधबार बिहान ३ बजे धनुषाको धनौजी गाउँपालिका बस्ने फिरोज साहुले आफ्नो घर अगाडी पार्किङ गरी राखेको ज १त ८६९१ नं. ट्रयाकटर चोरी भएको थियो ।

चोरीको सूचना पाएपछि प्रहरीले खोजतलास सुरु गरेका थिए । त्यस क्रममा साहलाई चोरीको ट्याक्टरसहि तनियन्त्रणमा लिएर इलाका प्रहरी कार्यायल सखुवा महेन्द्रनगरमा राखिएको छ । साहमाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार