Home समाचार मेयर यादबद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

मेयर यादबद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

0

असार ७, जनकपुरधाम । धनुषाको सबैला नगरपालिका वडा नम्बर १ मुसहरी टोलकी समिना खातुनको आगलागीबाट घर  जलेकोले सबैला नगरपालिकाले रु.१५००० हजार आर्थिक सहयोग गरेको छ।

बिहीवार नगरपालिकाका नगर प्रमुख कारीराम यादबले सहयोग रकम बराबरको चेक  हस्तान्तरण गर्दै क्षतिको अगाडि आर्थिक सहयोग नगन्य हुने भएता पनि नागरिकको पीडाको साझेदार बन्न नगरपालिकाले पीडित परिवारलाई सहयोग गरेको नगर प्रमुखले  बताउनु भयो । कार्यक्रममा नगर उप प्रमुख रहिमा खातुन र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

गत जेष्ठ महिनाको २१ गतेको दिन राती करिब १/२ बजे तिर  आगलागी भएको थियो । आगलागीबाट घर र घर भित्र रहेको सम्पुर्ण सर समान जलेर नस्ट भएको थियो ।

नगरपालिकाले गरेको आर्थिक सहयोगले आफुहरुलाई थोरै भएपनि राहत महशुस भएको पीडितले बताएका छ्न्  ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version