spot_img
सोमबार, बैशाख ३, २०८१
सोमबार, बैशाख ३, २०८१
- Advertisement -spot_imgspot_img
समाचारधनुषामा इनारभित्र अज्ञात पुरुषकाे शव भेटियाे

धनुषामा इनारभित्र अज्ञात पुरुषकाे शव भेटियाे

७ असार , जनकपुरधाम । धनुषाको ढल्केबरमा इनारभित्र एक पुरुषको शव फेला परेको छ । बिहीबार बिहान ढल्केबरस्थित दक्षिण चोकमा रहेको इनारभित्र एक पुरुषको शव फेला परेको हो ।

स्थानीयवासीले इनारभित्र शव रहेको देखेपछि प्रहरीलाई खबर गरेको  इलाका प्रहरी कार्यालय ढल्केबरले जानकारी दिएकाे छ ।

- Advertisement -

अहिले प्रहरी टोली र नं.२ छिन्नमस्ता बाहिनीको टोली शव निकाल्ने प्रयासमा जुटेको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक कबिन राईले जनाए । इनार गहिरो रहेको निकाल्ने प्रयास भइरहेको उनले बताए । उनका अनुसार शवको पहिचान तत्काल खुल्न सकेको छैन ।

प्रहरीले थप अनुसन्धान गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार