spot_img
बुधबार, जेष्ठ १६, २०८१
बुधबार, जेष्ठ १६, २०८१
- Advertisement -spot_imgspot_img
समाचारराजदेवी मन्दिरमा चोरी गर्ने पाँच जना चोर हातहतियार...

राजदेवी मन्दिरमा चोरी गर्ने पाँच जना चोर हातहतियार सहित पक्राउ

फागुन २०, जनकपुरधाम । धनुषा जिल्लाको रमदैया स्थित प्रसिद्व शक्तिपिठ माँ राजदेवी मन्दिरमा चोरी गर्ने पाँचजनालाई  हातहथियार सहित प्रहरीले पक्राउ गरेका छन् । गत १४ गते राति १२ बजेर १० मिनेटमा मन्दिरको ताला तोडी मन्दिरबाट देवीको चाँदीको मुर्ती सहितको गरगहनाहरु चोरी भएको थियो ।

उक्त चोरीमा संलग्न रहेको भन्दै धनुषा प्रहरीले धनुषा क्षिरेश्वर न.पा. वडा नं. ४ बस्ने बर्ष ३० को सरिफ मुसलमान, वडा नं. ५ महेन्द्रनगर बस्ने बर्ष ३७ को रजाक मोहमद, जिल्ला धनुषा विदेह न.पा. वडा नं. ४ सुन्दरपुर बस्ने बर्ष २१ को मोहमद हबगुल्ला साह, जिल्ला धनुषा कमला न.पा. वडा नं. ७ हथमुन्डा बस्ने बर्ष २२ को रमेश कुमार महतो र जिल्ला धनुषा विदेह न.पा. वडा नं. ४ बस्ने बर्ष २२ को नर्मुदिन साहलाई पक्राउ गरि र्सावजानिक गरेको छ ।

- Advertisement -

सर्वप्रथम पक्राउ परेका  सरिफ मुसलमानलाई नियन्त्रणमा लिई तत्काल निजको सूचनाका आधारमा पूर्ण योजनावद्ध तवरले भारत तर्फ फरार हुन लागेको अवस्थामा धनुषा जनकनन्दनी गा.पा. वडा नं. ३ महुवा स्थित भारतीय सिमा नजिक रेल्वे ट्रयाकको बाटो हुँदै भारत तर्फ जाँदै गरेको अवस्थामा मन्दिरबाट चोरी भएका सामानहरु सहित नियन्त्रणमा लिइएको थियो ।

घटनामा प्रयोग गरेका कटुवा पेस्तोल थाना –१ र ऐ. मा लाग्ने गोली थान १ समेत बरामद गरी थप अनुसन्धान गरिरहेको धनुषा प्रहरीले यसै समूहले नै जनकपुर उप.म.न.पा. १२ कुवा स्थित हनुमान मन्दिरमा समेत चोरी गरेको भन्ने बुझिएको समेत बताएको छ ।

- Advertisement -

बरामद भएका सामानहरू
१) उक्त घटनामा प्रयोग गरेका कटुवा पेस्तोल थाना -१ र ऐ. मा लाग्ने गोली थान-१,
२) नगद ने.रु. ११,५००, 
३) मोवाइल थान १३ थान,  
४) चाँदीको मुर्तीको टुक्रा र मुकुटको टुक्रा समेत गरी अं. २ के.जी (महुअवा स्थितबाट निजहरुको साथबाट )
५) मोहमद सरिफको घरबाट बरामद भएका सामानहरु (चरेशको थाल-७ थान, हम्मर थान-१, , कमण्डल थान-१, दविया थान-३, खुकुरी थान-१, , ह्याक्सो ब्लेड थान-१, पासपोर्ट थान-१, परीक्षा प्रबेश पत्र थान-१ )
६) तामाको मरअंकित बस्तु थाना-१, पित्तको कसौडी थान-१, पित्तलको सानो लोटा थान-१, पित्तलको गिलास थान-१, दियो थान-१, तामाको सानो सानो गिलासहरु, फलामको छेनी थान-२, ठुलो फलाको घन-१, सलाई रिन्च-१, फलाको चारपाटे बस्तु, खुकुरी थान-१, खन्ती थान-१

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार