spot_img
शनिबार, बैशाख ६, २०८२
शनिबार, बैशाख ६, २०८२
- Advertisement -spot_imgspot_img
समाचारसबैला नगरपालिकाका मेयर कारीराम यादबको मिसन नगर ...

सबैला नगरपालिकाका मेयर कारीराम यादबको मिसन नगर सरसफाई

फाल्गुन १५, जनकपुरधाम ।  नगर बिकास सबैको चाहना स्वच्छ सुन्दर हाम्रो सबैला नगरपालिका भन्ने नाराका साथ  नगरपालिका भित्र  रहेको सम्पुर्ण सडक  बाटोघाटो तथा सार्बजनिक जग्गाहरु सफा सुग्घर बनाउनको लागि  नगरपालिकाले नगर  सरसफाई कार्यक्रम २०७९  संचालन गरेको छ ।

- Advertisement -

धनुषाको सबैला नगरपालिकाको १३ वटै वडाको सम्पुर्ण सडकहरु सरसफाइको साथै सार्बजनिक जग्गा भित्र बनाइएका अबैध संरचना तथा सार्बजनिक जग्गा भित्र राखिएको मालसामान  हटाउनको लागि नगरपालिका यस अघि नै सुचना जारी गरि सकेको र यदि कसैले सूचनालाई बेवास्ता गरेको खण्डमा नगरपालिकाले उक्त संरचना भत्काउनु को साथ साथै सडक पेटीमा राखिएको निर्माण सामग्री तथा अन्य सरसामान नगरपालिकाले  उठाउन  बाध्य हुने मेयर कारी राम यादबले बताउनु भयो ।

- Advertisement -

फाल्गुन १४ गते शनिबार देखि संचालन भएको  नगर सरसफाइ सरसफाई कार्यक्रममा नागरिक समाज , वडा समिति , स्थानीय प्रहरी ,स्थानीय  युवा विभिन्न संघ संस्थाहरु  लगायत स्थानीय बासीहरुको दैनिक  सहभागिता रहेको छ ।

सबैला नगरपालिकाको सतोषरमा परिक्रमा यात्री आउने भएपछि पहिलो चरणमा  परिक्रमामा सहभागीहरुले प्रयोग गरिने सबैला नगरपालिका भित्रका सडकहरुको सरसफाइ तथा अतिक्रमन गरिएको बाटो खुलाउने काममा गरिएको छ ।  यो अभियान नगरपालिका भित्रका सम्पुर्ण वडामा संचालन गरिने छ ।

उक्त कार्यक्रम सँगसँगै फोहोरलाई आ–आफूले व्यवस्थापन गर्नुपर्ने,  छड, इँटा जस्ता व्यापारिक सामाग्री सर्बजनिक स्थानमा    राख्न रोक लगाउने र त्यस्ता सामाग्री  सार्बजनिक स्थानमा राखेको पाइएमा सामग्री धनीलाई  सबैला नगरपालिकाको  नियमानसार कारवाही समेत गरिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार