spot_img
आइतबार, बैशाख ७, २०८२
आइतबार, बैशाख ७, २०८२
- Advertisement -spot_imgspot_img
समाचारएकीकृत अखिल नेपाल शिक्षक संगठनको पाँचौ जिल्ला अधिवेशन...

एकीकृत अखिल नेपाल शिक्षक संगठनको पाँचौ जिल्ला अधिवेशन सम्पन्न

फाल्गुन १३, जनकपुरधाम । एकीकृत अखिल नेपाल शिक्षक संगठनको  धनुषा जिल्ला कार्यसमितिको पाचौं  जिल्ला अधिवेशनले धर्मेन्द्र यादवकाे अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कार्यसमिति गठन गर्दै शनिवार जनकपुराधामको चौधरी कलवार बिवाह भवन एन्ड पार्टी पैलेशमा सम्पन्न भएकाे छ ।

- Advertisement -

एकीकृत अखिल नेपाल शिक्षक संगठनको  पाचौं  अधिवेशनले वरिष्ठ उपाध्यक्षमा देब नन्दन ठाकुर  , उपाध्यक्ष श्री कृष्ण  भिनवार , महिला  उपाध्यक्ष इन्दु नायक   ,  सचिव  मनोज कुमार यादव , सह सचिव  ई. गंगा यादब  अर्थ महासचीव सुरेन्द्र यादब , अर्थ उप सचीव मन्जु कटेललाई चयन गरेकाे छ । त्यस्तै सदस्यहरूमा   संजीव मण्डल , लटु साह , जिवछ यादव , शम्भु नाथ साह , बिक्रम साह , प्रमोद शरण केवट , असलम राइन , संजीव कुमार सिंह , प्रमोद  बिराजी , सफिद राईन , अशोक कुमार मण्डल , गुरु दयाल ठाकुर लाई चयन गरेकाे छ ।

- Advertisement -

अधिवेशनका प्रमुख अतिथि पुर्ब शिक्षा बिज्ञान तथा प्राविधि मन्त्री बौधमाया यादव बिशिस्ट अतिथि माओवादी केन्द्रका धनुषा जिल्ला इन्चार्ज श्रवण बरबरिया यादब, जिल्ला संयोजक दिपक यादव , केन्द्रिय सदस्य तारा देवी महतो, एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सचिव तथा मधेस प्रदेश अध्यक्ष भुप नारायण अधिकारी ,  एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सचिव तथा महासंघको केन्द्रिय सदस्य दिनेश राय , YCL नेपाल का धनुषा जिल्ला इन्चार्ज तथा मधेस प्रदेशको सहसंयोजक सरोज यादब , राहत शिक्षक मधेस प्रदेश संयोजक तथा एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रिय सदस्य गुलाब चन्द यादव अतिथिहरु  धनुषा जिल्ला भित्रका विभिन्न  शिक्षक कर्मचारीहरुको संगठनका अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियोे ।

अधिवेशनमा शुभकामना नेकपा माओवादी केन्द्रका पोलिट ब्योरो सदस्य तथा  पुर्ब शिक्षा बिज्ञान प्राविधि राज्य मन्त्री बौधमाया यादब ,जिल्ला इन्चार्ज श्रवण बरबरिया यादब,  जिल्ला संयोजक दिपक यादव , राहत शिक्षक मधेस प्रदेश संयोजक गुलाब चन्द्र यादब लगायतका अतिथिहरूले मन्तव्य राखेका थिए । शुभकामना मन्तव्य दिदै  एकीकृत अखिल नेपाल शिक्षक संगठनले जिल्ला भित्र शैक्षिक गुणस्तर वृद्धि गरि सक्षम नागरिक निर्माणमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्न आग्रह  गरेका थिए । साथै शिक्षक कर्मचारीहरुको समस्य समाधान गर्न  नेकपा माओवाद केन्द्र धनुषा जिल्ला पार्टी हरसम्वभ प्रयासरत रहने प्रतिवद्धता समेत गरे ।

- Advertisement -

यस संगठनले स्थापना काल देखि वर्तमान अवस्थासम्म जिल्लाकाे शैक्षिक सुधारमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेकाे ,शिक्षकहरूकाे पेशागत हकअधिकार प्राप्तीकाे लागि अग्रपंक्तिमा काम गरेकाे लगायतका कुराहरूकाे बारेमा अतिथिहरूले धारणा राख्दै अधिवेशनले देशकाे पछिल्लो समसामयिक परिवेशमा चलायमान हुन सक्ने कुशल नेतृत्व छनाेट गर्नेछ भन्दै अधिवेशनकाे सफलताको शुभकामना दिएका थिए ।

एकीकृत अखिल नेपाल शिक्षक  संगठनमा धनुषा  जिल्ला भरका १८ वटै स्थानिय तहमा गरि २०० जना शिक्षकहरू अाबद्ध रहेकाे संगठनले जनाएकाे छ ।

एकीकृत अखिल नेपाल शिक्षक  संगठनका पुर्ब केन्द्रिय सदस्य तथा पुर्ब जिल्ला सचीव चन्देश्वर ठाकुर तथा  पुर्ब जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य राम सुन्दर साहका पत्नी लगायतका शिक्षकहरूलाई समान् गरेका थिए ।

अध्यक्षता संगठनका  जिल्ला अध्यक्ष धर्मेन्द्र यादवले गरेका थिए भने कार्यक्रमकाे संचालन जिल्ला सचिव देव नन्दन ठाकुरले  गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार