फाल्गुन १०, जनकपुरधाम । योङ्ग कम्युनिस्ट लिग, नेपाल YCL Nepal को धनुषा जिल्ला कमिटीको बिस्तारित बैठक पार्टी कार्यालय जनकपुरमा सम्पन्न भएको छ।
योङ्ग कम्युनिस्ट लिग, नेपालका धनुषा जिल्ला इन्चार्ज तथा मधेस प्रदेश कमिटीका सहसंयोजक सरोज यादवले दिएको जानकारी अनुसार बिस्तारित बैठककेा प्रमुख अतिथि धनुषा जिल्ला संयोजक दिपक यादव बिशिस्ट अतिथि मधेस प्रदेश सभा सदस्य सारदा पहाडी दास , माओवादी केन्द्रका नेता तथा पुर्ब मधेस प्रदेश कमिटी सदस्य देब सागर दास अतिथि , धनुषा जिल्ला कार्यालय सचिब श्रीनारायण प्रतिहस्त , मिथिला बिहारी नगरपालिकाको मेयर प्रतियासी सुर्य नारायण मंडल , मधेस प्रदेशको सहसंयोजक सरोज यादव , दिपक पटेलको उपस्थित रहेकाे थियो ।
योङ्ग कम्युनिस्ट लिग ,नेपाल धनुषाका संयोजक संजय शर्माको अध्यक्षता मा बैठक समपन्न भएको र बैठकबाट धनुषा जिल्लाको प्रत्येक स्थानीय तहमा बैठक बसि प्रत्येक वडा कम्तीमा १०० जना सदस्य बनाउने निर्णय गरिएको छ । स्थानीय तहको बैठक मिति समेत तोकिएको छ। र कार्यक्रम जिल्ला सचीव बिजय कुमार ठाकुरले संञ्चालन गरेका थिए भने बैठकमा धनुषा जिल्लाका १८ वटै स्थानीय तहका YCL Nepal का पदाधिकारी र अगुवा कार्यकर्ता उपस्थिति रहेकाे बताए छन् ।