Home समाचार ७३औं प्रजातन्त्र दिवस आज मनाइँदै

७३औं प्रजातन्त्र दिवस आज मनाइँदै

0
Nepalese people gather for a mass meeting to express their social harmony and the punctual implementation of a new constitution in Kathmandu on 23 May 2012. Nepal Supreme Court gave a deadline to draw up a new constitution for the Himalayan nation till Sunday, 27 May 2012.

फागुन ७, जनकपुरधाम । आज विभिन्न कार्यक्रम गरि ७३औं प्रजातन्त्र  दिवस मनाइँदै छ ।

फाल्गुन ७ गते आज देश भरी सार्बजनिक बिदा दिएको छ ।सरकारी र देशैभर स्वेच्छिक रुपमा विभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाउन लागिएको हो ।

विक्रम संवत् २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ।

राज्यशक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको संघर्ष तथा वीरवीरांगना शहीदको बलिदानबाट स्थापित गरेको हुनाले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय मानिन्छ ।

प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।

दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रदेशका मुख्यमन्त्री लगायतले सबै नेपालीहरुमा शुभकामना दिएका छन् ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version