spot_img
सोमबार, बैशाख ३, २०८१
सोमबार, बैशाख ३, २०८१
- Advertisement -spot_imgspot_img
समाचारमेयर यादवले गरे एक दिनमै ३ वटा बिधालय भवनको...

मेयर यादवले गरे एक दिनमै ३ वटा बिधालय भवनको शिलान्यास

मिथिलाञ्चल टाइम्स ।

माघ ६, जनकपुरधाम  ।  धनुषाको  सबैला नगरपालिका भित्रका ३ वटा सामुदायिक बिधालयमा  पक्की RCC भवनको शिलान्यास गरिएको छ। शनिबार  एक कार्यक्रमका बीच सबैला नगरपालिकाका  नगर प्रमुख कारीराम यादवले भवनको शिलान्यास गरेको छ ।

- Advertisement -

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत श्री सरस्वती माध्यमिक बिधालय ठिल्लामा चार कोठे , श्री जनता माध्यमिक बिधालय सिमराढीगढीमा चार कोठे र  श्री आधारभूत बिधालय ढोलबज्जा कितरपुरमा दुई कोठे पक्की RCC भवनको शिलान्यास गरिएको हो ।

- Advertisement -

उक्त कार्यक्रममा नगर उप प्रमुख रहिमा खातुन ,  वडा अध्यक्ष, प्राबिधिक कर्मचारीहरु तथा  तीन वटै सामुदायिक बिधालयका प्रधानाध्यापक, शिक्षक, कर्मचारी र छात्र, छात्राहरू  उपस्थिति  रहेको थियो । मेयर कारी राम यादव , उपमेयर रहिमा खातुन र वडा अध्यक्षहरुलाई गम्छा खादा ओढाएर सम्मान गरे ।

सरकारले सामुदायिक शैक्षिक संस्थाको भौतिक संरचना विकास, सिकाइ वातावरण सुधार र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न योगदान गरी सार्वजनिक शैक्षिक संस्थालाई विद्यार्थीको सिकाइका लागि रोजाइको केन्द्र बनाउने उद्देश्यले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सहित कार्य संचालन गर्दै आएको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार