spot_img
बिहिबार, जेष्ठ १७, २०८१
बिहिबार, जेष्ठ १७, २०८१
- Advertisement -spot_imgspot_img
समाचार‘जनयुद्ध दिवस’मा मिथिला बिहारी नगरपालिकाले सार्वजनिक बिदा दिइने

‘जनयुद्ध दिवस’मा मिथिला बिहारी नगरपालिकाले सार्वजनिक बिदा दिइने

माघ २७ , जनकपुरधाम ।  मिथिला बिहारी नगरपालिकाले ‘जनयुद्ध दिवस’मा सार्बजनिक बिदा दिने निर्णय गरेको छ ।

मिथिला बिहारी नगरपालिकाको माघ २७ गते पुरक नगरसभाको निर्णय अनुसार फाल्गुन १ गते जनयुद्ध दिवसको अवसरमा बिदा दिने निर्णय भएको हो ।

मिथिला बिहारी नगरपालिकाका, नगर प्रमुख राजेन्द्र प्रसाद यादवले दिएको जानकारी अनुसार ‘जनयुद्ध दिवसको अवसरमा २०७९ फागुन १ गते सोमवारका दिन मिथिला बिहारी नगरपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

यसअघि सबैला नगरपालिकाले माघ २७ गते बसेको कार्यपालिका बैठकको निर्णय अनुसार ‘जनयुद्ध दिवस’मा नगरपालिका भरी सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

सबैला नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट निर्वाचित नगर प्रमुख छन् भन्ने मिथिला बिहारी नगरपालिकामा नेपाली काग्रेसबाट निर्वाचित नगर प्रमुख रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार