spot_img
बुधबार, जेष्ठ १६, २०८१
बुधबार, जेष्ठ १६, २०८१
- Advertisement -spot_imgspot_img
समाचारकुमारी आमा निहारिका र शिवराजले गरे मन्दिरमा बिवाह

कुमारी आमा निहारिका र शिवराजले गरे मन्दिरमा बिवाह

माघ २७, जनकपुरधाम । कुमारी आमाका रुपमा चर्चामा आएकी निहारिका राजपुतले शिवराज श्रेष्ठसँग बिवाह गरेकी छिन् ।

 

- Advertisement -

उनीहरुले जनकपुरधामको जानकी मन्दिरमा गएर बिवाह गरेका हुन् । ब-ला-त्कारको आरोप लगाउँदै शिवराज विरुद्ध अदालतमा उजुरी समेत गरेकी निहारिकाले उनीविरुद्ध अंश मुद्दासमेत हालेकी थिइन् ।

तर उनीहरुबीच १७ माघमा जिल्ला अदालत धनुषाका न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र भएको थियो ।

- Advertisement -

मिलापत्र अनुसार श्रेष्ठले निहारिकालाई श्रीमतीका रुपमा स्वीकारेका थिए । जिल्ला अदालतमा अंश मुद्दा दिएकी निहारिकाले दुईबीच पति–पत्नीका रुपमा बस्ने निर्णय अनुसार मिलापत्र गरेको बताएकी थिइन् ।

निहारिकाले आफू ब-लात्कृ-त भएको र कानूनी उपचारका लागि प्रशासनले सहयोग नगरेको भन्दै लामो समयदेखि आन्दोलन गरिरहेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार