Home समाचार सबैला नगरपालिकाले दियो ‘जनयुद्ध दिवस’मा सार्वजनिक बिदा

सबैला नगरपालिकाले दियो ‘जनयुद्ध दिवस’मा सार्वजनिक बिदा

0

माघ २७, जनकपुरधाम । धनुषाको सबैला नगरपालिकाले फाल्गुन १ गते जनयुद्ध दिवस दिवसको दिन  सर्बजनिक बिदा दिने भएको छ ।

नगर कार्यपालिकाको माघ २७ गतेको बसेको बैठक ले जनयुद्ध दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हुदाँ सबन्धित सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ ।

गणतन्त्र र नयाँ जनवादीसत्ता स्थापनाको लक्ष्यसहित प्रचण्ड नेतृत्वको तत्कालीन माओवादीले २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको थियो ।

रोल्पाको होलेरी, रुकुमको आठबीसकोट, सिन्धुलीको सिन्धुलीगढीमा रहेका चौकीहरू र गोरखाको च्याङ्लीमा रहेको कृषि विकास बैंक कब्जा गरी माओवादीले जनयुद्धको सुरु भएको घोषणा गरेको थियो ।

सशस्त्र युद्ध सुरु गरेको दिनको स्मरणमा माओवादीहरुले जनयुद्ध दिवस मनाउने गर्दछन्  ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version