माघ-२१ , जनकपुरधाम । नाई कल्याण परिषद धनुषाले औरहि गाउँपालिका स्तरीय १५ सदस्य समिति गठन गरेको छ ।
गाउँपालिका स्तरीय भेलाबाट सुरेश ठाकुर (अध्यक्ष) सकुनताला देवी ठाकुर ( उपाध्यक्ष ) , राम एकवाल ठाकुर ( सचिव ), राजु ठाकुर ( स- सचिव )
तयस्तै सदस्यहरूमा जानकी ठाकुर , राजेश्वर ठाकुर , अजय ठाकुर , बृजमोहन ठाकुर , रामनाथ ठाकुर , प्रदीप ठाकुर , चन्देश्वर ठाकुर , तेतरि देवी ठाकुर , राम प्रसाद ठाकुर , संतोश ठाकुर पदाधिकारी चयन भएको छ ।
नाई (हजाम) जातिको उथानको लागि गठन भएको संस्था अहिलेसम्म मिथिला बिहारी नगरपालिका , धनुषाधाम नगरपालिका , नगर स्तरीय समिति गठन गरिसकेका छन् ।
अगामी दिनमा धनुषाको १८ ओटै स्थानीय तहमा संगठन बिस्तार गरि हजाम जातिहरु उथान , स्थानीय सरकार , प्रदेश सरकार तथा संघ सरकार सम्म जाती उथानको लागि अवाज उठाउने काम समेत परिषदको रहेको छ ।
अहिले भर्खर सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको समानुपातिकमा नेपाल भरिबाट एउटा पनि हाम्रो जातीबाट सदस्य समेत परेन । यो दुर्भाग्यको कुरा हो ।विभिन्न पार्टीमा हजाम जातिको छुट्टै ट्रेड युनियनहरु छन। तर पनि हाम्रो जातिलाई कुनै निकायमा सहभागी गराएको देखिएनन् । परिषदको धनुषा जिल्ला अध्यक्ष चन्देश्वर ठाकुरले जानकारी दिनुभएको छ ।