spot_img
आइतबार, अशोज २७, २०८१
आइतबार, अशोज २७, २०८१
- Advertisement -spot_imgspot_img
समाचारधनुषाको नगराईन नगरपालिकाको नवौं नगर सभा सम्पन्न

धनुषाको नगराईन नगरपालिकाको नवौं नगर सभा सम्पन्न

 

मौसम झा , जनकपुरधाम। धनुषाको नगराईन नगरपालिकाको नवौं विशेष नगर सभा आज सम्पन्न भएको छ । नगराईन नगरपालिकाका समृद्धि बिकास र स्थानिय तहको कानुन निमार्ण देखी निती कार्यान्वन तथा चालु आर्थिक वर्षको बिनियोजित योजनाको बिषयमा ऐतिहासिक निर्णय गदै आज नगराई नगरपालिकाको नवौं नगरसभा सम्पन्न गरेको छ् ।

- Advertisement -

नगर सभाका सभाअध्यक्ष तथा नगराईन नगरपालिकाका नगर प्रमुख विनय कुमार यादवले नगराई नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को संसोधित बजेट, कार्यक्रम तथा योजनाहरुको बिबरण प्रस्तुत गरे । प्रस्तुत संसोधित बजेट, कार्यक्रम तथा योजनाहरुको योजना पारित गरिएको छ् ।

नगर स्तरिय र वडाहरुको योजनाहरुमा समेत योजना संशोधन गरिएको छ् । शुन्य समयमा उठेका जिज्ञासाहरु बिषयगत समितिहरुले पदाधिकारीहरुले उत्तर दिएका थिए । नगराईन नगरपालिकाका नगर प्रमुख विनय कुमार यादवले नगर सभा भब्यताको साथ सम्पन्न गर्न सहयोग गर्ने सबैमा धन्यबाद दिएका छन् । ‘एतिहासिक नगर सभा सभ्य–भब्यरुपमा सम्पन्न गर्न सहयोग गर्ने सबैमा धन्यबाद’ नगराईन नगरपालिकाका नगर प्रमुख विनय कुमार यादवले भने । नगर सभा नगराईन बुका जनताहरुको समृद्ध र बिकासमा फलदायी रहेको बताईएको छ् । नगरको समृद्धि र बिकासमा लाग्न सबै जनप्रतिनिधीहरुलाई नगर प्रमुखले अनुरोध समेत गरेका छन् । नगर सभामा विभिन्न शिर्षकबाट रकमान्तर गरी केही अत्यावश्यक तथा छुट हुन गएका योजनाहरुमा बजेट विनियोजन गरिएको बताईएको छ् । अहिले सम्मका प्रगति विवरणमा समीक्षा तथा विभिन्न जिज्ञासाहरु साथै स्थानीय सरकारले जनताले प्रत्यक्ष अनुभूति गर्न गरी काम भएका योजनाको बारेमा समेत समिक्षा गरिने छ् ।

- Advertisement -

नवौं नगर सभाको २०८९/२०८०को बजेट ७८ करोड ७८ लाख २९ हजार बजेट रहेकाे प्रमूख प्रशासकिय अधिकृत राम गुलाम लाल कर्णले जानकारी दिए। नगर प्रमूखले भने सब भन्दा पहिला शिक्षा, स्वास्थ्य, कृषिमा जोड दिने छौँ। जनकपुरधाम देखि जटही जाने बाटोको गौगली देखि जटहीसम्म दुबै साईडमा लाइटको लागि दुई करोड वजेट राखिएको छु। त्यसै गरी शिक्षाको लागि दुई करोड, स्वास्थ्यको लागि एक करोड पन्ध्र लाख, कृषिको लागि एक करोड पच्चीस लाख र प्रशासकिय भवनको लागि चार करोड छुट्याइएको छु भने नगर प्रमूख यादवले जनाए।
त्यस्तै, प्रत्येक वडाको लागि एक करोड ७५ लाख दिने छौँ र सम्पूर्ण वडा अध्यक्षले आफ्नो बजेट आफैं खर्च गरिने छ। नगर प्रमुख यादवले सहिद दुर्गा नन्दलाई कदर गर्दै भने उहाँको नाममा नगराई नगरपालिकामा प्रवेश गेट बनाउने छु त्यसको लागि समेत बजेट विनियोजन गरिसकेका छौं।

नगराईन नगरपालिकाको आयोजनामा भएको नवौं नगर सभामा नगरप्रमुख यादवले सहभागिहरुले राखेका जिज्ञासाहरुको जवाफ दिदै नियम तथा कानुन अनुसार अघि बढ्नु पर्ने आवश्यता रहेको समेत उल्लेख गरेका थिए । उनले कार्यक्रमलाई नियम पूर्वक सम्बोधन गदै यस नपामा चुनौतिका मामm अवसर खोज्ने हो भने घुमौ घुमौ लाग्ने , सबै नगरवासीको साझा बगैचाको अवधारण अनुसार हामी जनप्रतिनिधी नगरको समग्र विकासको लागि अघि बढन चाहेको बताए ।

प्रमूख प्रशासकिय अधिकृत राम गुलाम लाल कर्णले भने नवौं नगरसभा नगरलाई संन्चालन गर्ने कानुन निर्माणको सभा भएले हाम्रा आबश्यकता धेरै तर त्यसलाई परिचालन गर्ने पूजी तथा जनशक्ती अत्यन्त न्यून रहेकाले नगरवासीका उलर्दा आवश्यकता र चुनौतिहरु सामुमा गरिएका प्रतिवद्धताहरुलाई पुरा गर्र्न ठुलो कसरतका बिचमा आफु भएकाले हामीले देख्ने गरि नगरमा विकासको खाका कोदै समग्र विकासलाई ध्यान दिएर शिक्षा , कृषि, स्वास्थ्य र बाटो लाई पहिलो प्राथमिकता दिदै, हामी सबैको सामmा लक्ष्य समुन्नत नगराईन भएको उल्लेख गरे ।                                                 
नगरसभा समारोहमा उपप्रमुख राधा देवी यादवले नवौं नगरसभाको एजेन्डा प्रस्तुत गरेकी थिईन् । उनले कार्यक्रममा नवौं नगरसभाको एजेन्डा प्रस्तुतका क्रममा सिकाईको अवस्थाबाट अघि बढेका हामी जनप्रतिनिधिहरु नगरको विकासमा लागि पदै नगरवासीको मुहारमा मुस्कान छर्ने कोसीसमा निरन्तर रहेको बताईन । उनले नवौं नगरसभा सम्म हामी आई पुग्दा हामी बिच असिमित चाहानाका साथै चुनौतिहरुका पहाड समेत रहेकोले त्यसको महसुस गदै नगरको हित तथा विकासको लागि सबैले सकारात्मक भएर एकजुट हुनु पर्ने उल्लेख गरिन ।
नगर सभा कार्यक्रममा नगराईन नगरपालिकाको नवौं वडाका वडा अध्यक्षहरू वडा सदस्यहरू, कार्यपालिका सदस्यहरू, नगरका जनताहरू लगायत कर्मचारीहरुको उपस्थिति रहेकाे थियो।                                               

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार