spot_img
आइतबार, बैशाख २१, २०८२
आइतबार, बैशाख २१, २०८२
- Advertisement -spot_imgspot_img
समाचारअनुगमनको नाममा जनप्रतिनिधिको उदण्डता, क्षेत्राधिकार बाहिर गएर शिक्षकको राजीनामा...

अनुगमनको नाममा जनप्रतिनिधिको उदण्डता, क्षेत्राधिकार बाहिर गएर शिक्षकको राजीनामा माग

पुष ८ गते
महोत्तरी । महोत्तरीको भंगहा नगरपालिका वडा ४ को वडाध्यक्ष गणेश प्रसाद महतोले अनुगमनको नाममा शिक्षकमाथि दुव्र्यवहार गरेका छन् ।
गत बुधबार भंगहा नगरपालिका वडा ४ मा रहेको विद्यालय अनुगमन गर्न पुगेका वडाध्यक्ष महतोले कक्षा कोठामै कक्षा शिक्षकमाथि दुव्र्यवहार गरेको श्री राष्ट्रिय अधारभूत विद्यालयका प्रधानाध्यापकले आरोप लगाएका हुन् ।
उक्त विद्यालयको प्रअ महेश साहले अनुगमन गर्न पुगेका वडाअध्यक्ष महतो एउटा बेन्चमा चार जना विद्यार्थी बसेको निहुँमा आफ्ना स्कूल शिक्षकलाई कक्षा कोठामै अश्लील शब्दको प्रयोग गरी अभद्र व्यवहार गरेको आरोप लगाएका छन् ।
वडा अध्यक्ष महतोले आफ्नो क्षेत्राधिकार बाहिर गएर शिक्षक, प्रअ र व्यवस्थापन समितिको अध्यक्षको राजीनामा समेत माग गरेको प्रअले बताएका छन् ।
यस विद्यालयमा लामो समयदेखि कक्षाकोठा र डेस्क बेन्चको अभाव रहेको र आफूहरुले पटक पटक वडाकार्यालयलाई पत्र लेखेर नै ध्यानाकर्षण गराएपनि कुनै चाँसो नलिएको प्रअ साहले बताए ।
‘कक्षाकोठा र शैक्षिक सामग्रीको अभाव रहेको विषय हामीले स्थानीय तहमा पटक पटक जानकारी गरायौँ तर उहाँहरुले कुनै चाँसो नै लिनुभएन्, उनले भने तर गत बुधबारको दिनको वडाध्यक्ष महतोले परिक्षा चलिरहेकै बेला आएर एउटा बेन्चमा चार जना किन राखेको भन्दैँ हामीलाई तथानाम गाली गर्नु थाल्नुभयो । ’
त्यस्तै श्री राष्ट्रिय अधारभूत विद्यालयका व्यवस्थापन समितिको अध्यक्ष संतोष कुमार महतोले वडा अध्यक्ष महतोले आफ्नो क्षेत्राधिकार बाहिर गएर प्रअ र शिक्षकको राजीनामा माग गरेको प्रति आक्रोस व्यक्त गरेका छन् ।
विद्यालयमा भएको कमी कमजोरी सुधार्नका लागि व्यवस्थापन समिति र विभिन्न निकाय रहदाँ पनि वडाध्यक्षले मनपरी गरेको अध्यक्ष महतोले बताएका छन् । उनले सभ्य भाषामा निर्देशन दिनुको सट्टा, सबैको राजीनामा माग्नु जनप्रतिनिधि भएको दम्भ देखाएको आरोप लगाए । उनले विद्यार्थीकै अगाडि जनप्रतिनिधिको यस्तो व्यवहारले विद्यार्थीको मानसिकतामा समेत नाकारात्मक असर परेको बताए ।
वडा अध्यक्ष महतोले विद्यालयमा गरेको अनुगमन पछिल्लो समय सामाजिक सञ्चालमा भाइरल बनेको छ ।
वडाअध्यक्ष महतोको अराजक गतिविधिले सर्वसाधारणदेखि शिक्षकहरु समेत पिडित बन्न थालेका छन् ।
पछिल्लो समय सोही क्षेत्रका जनता वडाअध्यक्ष महतोको व्यवहार आर्चित समेत हुन् थालेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार