spot_img
बिहिबार, अशोज ११, २०८०
बिहिबार, अशोज ११, २०८०
- Advertisement -spot_imgspot_img
समाचारलक्ष्मीनियाँ गाउँपालिका द्वारा तीजको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम...

लक्ष्मीनियाँ गाउँपालिका द्वारा तीजको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

- Advertisment -spot_img

२०७९ , भदौ १३ गते ।
माैशम झा , जनकपुरधाम।
धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा तीजको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
लक्ष्मीनियाँ गाउँपालिकाकी उपाध्यक्ष फुल कुमारी यादवको अध्यक्षतामा गाउँपालिकाको प्रांङगनमा हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले महिलाहरुको महत्वपुर्ण तथा विशेष पर्व हरितालिका तीजको शुभकामना दिँदै उनले हरितालिका तीज जस्ता चाडपर्वको गरिमालाई सम्मानजनक बनाइराख्नु आजको आवश्यकता भएकोले यसको गरीमा जोगाउनुपर्नेमा जोड दिए ।

त्यस्तै गाउँपालिकाको लेखा प्रमुख संजित यादवले तीज पर्वमा नेपाली नारीहरुले आफ्नो सौभाग्य र परिवारजनको समृद्धिका लागि ब्रत बसेर भगवान शिव–पार्वतीको पूजा आराधना गर्ने भएकोले तीजले नेपाली समाजमा विद्यमान लैगिंक, वर्गीय विभेद र सबै किसिमका असमानताहरूको अन्त्य गर्दै सामाजिक सद्भाव, सहिष्णुता र मेलमिलाप बढाई सम्मुन्नत समाजको निर्माणमा अभिवृद्धि गर्न उत्प्रेरित गरोस् भन्ने शुभकामना दिएका थिए ।

साथै अझ पनि केही महिलाहरु अरुको अगाडी बोल्न समेत नसक्ने , आफ्नो कुरा व्यक्त गर्न अफ्ठ्यारो मान्ने गरेको महशुश भएकोले कार्यक्रममा सहभागी महिलाहरुमा भएका विभिन्न प्रतीभालाई उजागर गर्ने र हौसला बढाएको छ।


कार्यक्रममा  गाउँपालिकाको‌ पुर्व उपाध्यक्ष ईन्द्रकला देवि यादब, गाउँपालिकाको स्वास्थ्य संयोजक नरेश शर्मा, गाउँपालिकाका कर्मचारीहरु लगायतको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img

ताजा समाचार