spot_img
बिहिबार, अशोज ११, २०८०
बिहिबार, अशोज ११, २०८०
- Advertisement -spot_imgspot_img
समाचारसमिम मियाँ अन्सारी माथि छानविन हुनुपर्छ : नेकपा (...

समिम मियाँ अन्सारी माथि छानविन हुनुपर्छ : नेकपा ( एमाले ) सचिव महासेठ

- Advertisment -spot_img

जनकपुरधाम , जेठ १ गते ।

नेकपा एमालेका केन्द्रीय सचिव रघुबिर महासेठले मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीलाई कारवाहीको माग गरेका छन् ।
वैशाख २९ गतेको दिन आफू जनकपुरमा नरहेको समयमा मिडियामार्फत अन्सारीबारे समाचार सुनेको र उनले काठमाडौंमा पत्रकार सम्मेलन गरी आफू पूर्वमन्त्री जुली महतोमाथि लगाइएको आरोपप्रति आपत्ति जनाए ।

आइतबार जनकपुरधाममा पत्रकार सम्मेलन आयोजना गर्दै पूर्वमन्त्री समेत रहेका सचिव महासेठले संवैधानिक निकायका जिम्मेवार व्यक्ति भएर निर्वाचनको क्रममा मौन अवधीको समयमा एमालेका उम्मेदवारविरुद्ध षड्यन्त्र गर्न खोजेको भन्दै उनले संसदीय समितिसँग छानबिन गर्न माग गरेका हुन् ।संवैधानिक निकाय जस्तो जिम्मेवार पदमा बसेर अन्सारीले राजनीति खेल खेल्नु पदीय मर्यादा विपरित रहेको उनले बताए ।                   

उनले धनुषाका प्रहरी अधिकारीहरुको भूमिका पनि शंकास्पद रहेको भन्दै त्यसको समेत छानबिन गर्नुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img

ताजा समाचार