जनकपुरधाम, बैशाख २८ ः जनकपुरधाममा सर्वाधिक चर्चित मेयर पदका उम्मेदवार बलराम महतोको व्यापक चर्चा संगै गठबन्धनका बागी उम्मेदवार मनोज साहले माइजनहरु परिचालन गरेका छन् । जनकपुरधाम उमहानगरपालिकाको वडा नं. ४ मा आफुलाई सुडी समुदायको माइजन बताउने लक्ष्मी पुर्वेको अगुवाईमा मौन अवधीमै श्री राम जानकी सुडी कुट्टीमा समान्य भेला गरि मनोज साहको मत माग्ने काम भएको भेलामा सहभागी एकजनाले बताएका छन् ।
यस बारे कुट्टीका अध्यक्ष रतन पुर्वेले आफुलाई बिना जानकारी समुदायको साँझा थलो कुट्टीमा कुनै एक उम्मेदवारलाई राखेर भेला गरेको प्रति आपती जनाएका छन् । मलाई पछि जानकारी आयो, उनले भने, ‘ साढे ९ बजे देखि कुट्टीका बाबाको अनुमती विपरित बैठक गरिएको सुन्दा म आफै आश्चर्यचकित बने ।’ महामाइजन भनिने लक्ष्मी पुर्वेलाई मेयरका उम्मेदवार साहले प्रयोग गरिरहेको र समाजलाई विवादमा फँसाउने काम गरिएको सहभागीहरुको आरोप छ ।
एता यस विषयमा गरिएको प्रश्नमा लक्ष्मी पुर्वेले आफुहरु एक स्वजातिले आयोजना गर्ने भोजका लागि सुडी कुट्टीमा बसिरहेको अवस्थामा उम्मेदवार साह त्यहाँ आएको र समान्य कुराकानी भएको बताए । तर कतिपय सहभागीहरुले भने भोजको नाममा आफुहरुलाई बोलाएको बताए भने केहिले उम्मेदवार साहसंगनै छलफल छ भन्दै बोलाएको बताए । उनीहरुले लक्ष्मी जि ले चुनावको बेला झुक्याउने काम गरेको भन्दै दुःख व्यक्त गरेका छन् । भेलामा २० देखि २५ जना रहेको समेत बताइएको छ ।
कुट्टीको प्रमुख संरक्षक र समाजसेवी समेत रहेका अर्का स्वतन्त्र उम्मेदवार बलराम महतोको कुट्टीमा राम्रो लगानी रहेकाले उम्मेदवार साहले सुडी समुदायलाई विभाजन गर्न यस्तो तरिका निकालेको हुन सक्ने बुझाई धेरैको छ ।