spot_img
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१
- Advertisement -spot_imgspot_img
समाचारमलाई जितिरहेको देखेर एक पछि अर्को षडयन्त्र हुन लाग्यो...

मलाई जितिरहेको देखेर एक पछि अर्को षडयन्त्र हुन लाग्यो : बलराम महतो

 बैशाख २७ , जनकपुरधाम ।

जनकपुरधाममा जित्ने सर्वाधिक चर्चामा रहेको स्वतन्त्र उम्मेदवार बलराम महतोले आफु विरुद्व मेयरकै उम्मेदवार जानकीराम साहका मान्छेहरु एकपछि अर्को षडयन्त्रहरु गर्न थालेको बताएका छन् । मेरो जित सुनिश्चित देखेपछि उम्मेदवार बन्न अयोग्य भएपछि चुनावी अभियानमा साहसंगै घुम्ने गरेका एक व्यक्तिले भारतिय पत्रकार प्रयोग गरि श्री राम जानकी सुडी कुट्टी सम्बन्धि गलत समाचार सम्प्रेशण गर्न लगाएको उनको दावी छ । केहि दिन पहिला सम्म भेटेर र फोनमा पनि तपाई जस्तो मान्छे आउनु पर्छ भन्दै मेरो हौसला समेत बढाएको ति पत्रकार त्यसपछि सम्पर्क गर्न छाडेको उनको भनाई छ । आफनो उम्मेदवारी घोषणाको दिन ति पत्रकारले आफुलाई सम्मान समेत गरेको उनले स्मरण गरे । उनले जानकी मातालाई साक्षी राखि आफु जनकपुरधाममा राजनिति भन्दा पनि सेवा गर्ने मनशायले आएको र जनताको झुकाव आफु तिर देखेपछि विपक्षीले षडयन्त्र गरिरहेको बताए ।

आफुले भाषणको क्रममा श्री राम जानकी सुडी कुट्टी जनकपुरधाममा ५१ लाख लगानी गरेको कहिल्यै नभनेको बताउदै उनले आफुले भने अनुसारको लगानी गरेको बताए । मैले २५ देखि ३५ लाख सम्मको लगानी भन्ने गरेको छु र गरेको पनि छु म अहिले पनि भन्छु, उनले भने ।

- Advertisement -

सुडी कुट्टीका पुर्व अध्यक्ष भन्दै भोलानाथ महतो, कामेश्वर साह र हरि राउतको नाम उल्लेख गरि तपाईले ५१ ह्जार मात्र सहयोग गरि ५१ लाखको भाषण गरेको आरोप छ नि ? भन्ने प्रश्न पछि  महतोले तिनैजनासंग कुराकानी गरेको र उनीहरुले आफुले त्यसो कुनै पनि पत्रकारलाई अभिव्यक्ति नदिएको बताएका छन् । महतोले भने, ‘म झुठो होइन, ईट्टा, बालुवा, सिमेन्ट सहित बजारमा वाँकी रहेको बक्यौता सबै जोडने हो भने मेरो अहिले सम्म कुट्टीमा करिव ४५ लाखको लगानी छ म अहिले पनि भन्छु ।’ आफु विरुद्व समाजिक सञ्जालमा एउटै व्यक्ति पटक पटक विभिन्न षडयन्त्र गरिरहेकाले भ्रममा नपर्न उनले सवैमा आग्रह् गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार