Home समाचार जनकपुरधाममा त्रिपक्षीय प्रतिस्पर्धा

जनकपुरधाममा त्रिपक्षीय प्रतिस्पर्धा

0

वैशाख २६, जनकपुरधाम ।

स्थानीय तह निर्वाचनको ४ दिन मात्रै बाँकी छ । चुनावी प्रचार प्रसार पनि अब समाप्त हुनेछ । चुनावी प्रचार प्रसार समाप्त हुनै लागेको समयमा स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी मधेश प्रदेशमा जनकपुरधाम उपमहानगरपालिकामै केन्द्रित हुनेछ । जहाँ त्रीपक्षिय प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ ।
जनकपुरधाम उप–महानगरको विगत स्वतन्त्र उम्मेदवारले जित निकालेको इतिहास छ । यस्तो स्थितिमा फेरी पनि जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारहरुको पलड़ा भारी हुने देखिएको छ । स्वतन्त्र उम्मेदवार बलराम महतो, नेकपा एमालेका उम्मेदवार शिवशंकर साह (हिरा) र स्वतन्त्र उम्मेदवार मनोज साह बीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।
समाजसेवामा राम्रै छवि बनाएका बलराम महतो एकाएक राजनितिमा आएपछि र उनको भौतिक पूर्वाधारको कार्यक्षमतालाई लिएर जनकपुरधामवासीमा उनी प्रति आशाको किरण पलाएको छ । उनको घरदैलो कार्यक्रम देखि शक्ति प्रदर्शमा समेत आम नागरिकको व्यापक सहभागिता र क्रेजले यसको सहजै अनुमान लगाउन सकिन्छ एक स्थानीयले बताए ।
महतो लामो समय देखि भौतिक पूर्वाधारको क्षेत्रमा धरहरा जस्तो गौरवको पूर्वाधार निर्माणपछि देशभरी उनलाई चिनाएको थियो । जनकपुरधामको धार्मिक, प्राकृतिक तथा सांस्कृति सम्पदाको महत्व जोगाउन अग्रणी भुमिका निर्वाह गरेका महतोलाई जनकपुरधामवासीले यस पटक निर्वाचनमा मत दिएर जिताउने सम्भावना प्रबल रहेको एक स्थानीयले बताए ।

उनले भने, ‘बलराम महतो राजनीति भन्दा पृथक मानिस हुनुहुन्छ, उहाँमा जनकपुर बनाउने दृढ संकल्प देखे त्यही भएर उहाँको समर्थनमा आएँ ।सबैले मेरो पार्टी यस्तो, मेरो पार्टी उस्तो भनेर, जनकपुरधामलाई यो गरि दिन्छु, त्यो गरिदिन्छु भनेर भन्छन् तर पाँच वर्षको अवधिमा कसले के ग¥यो भनेर हेरिसके अब पालो स्वतन्त्र उम्मेदवारको हो ।

महतोका साथै एमालेका उम्मेदवार शिवशंकर साह हिराको जीत्ने सम्भावनालाई समेत नकार्न सकिदैन । जनकपुर उद्योग वाणिज्य संघ, मधेश प्रदेश वाणिज्य महासंघमा आफ्नो कुशल नेतृत्व देखाई सकेका हिरासंग जनकपुरधामको व्यापारीहरुका साथै उनको व्यक्तिगत छविका कारण जनकपुरधामको स्थानीयमा समेत उनको छवि राम्रै छ । त्यसमाथी एमालेको पार्टीगत मत हिराबाहेक कही पनि जान नसक्ने आकलन गरिएको छ ।
त्यस्तै गठबन्धन भित्र कांग्रेसी मत गठबन्धनका उम्मेदवारलाई नपर्ने भएकाले त्यो मत स्वतन्त्र उम्मेदवार मनोज साहका साथै अन्य उम्मेदवारलाई पर्ने भएकाले उनी पनि प्रतिस्पर्धामा छन् । यस्तो स्थितिमा गठबन्धनको उम्मेदवारभन्दा दुई जना स्वतन्त्र उम्मेदवार र एक जना एमालेको उम्मेदवार मध्ये कुनै एक उम्मेदवारले बाजी मार्न सक्ने सम्भावना छ ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version