वैशाख २५ ,जनकपुरधाम । सरकारी जागिरे जीवनबाट बाहिरिएर जनताको सेवा गर्ने प्रयास गर्दैछु’, मिथिला बिहारी नगरपालिकाको मेयरका उम्मेदवार सुर्य नारायण मण्डलले भने, ‘३० बर्ष सरकारी जागिरे भएर जनताको सेवा गरेपश्चात जनप्रतिनिधि बनेर पुनः जनताकै सेवा गर्ने प्रण गरेको छु, मलाई पूर्ण विश्वास छ, त्यो अवसर मैले पाउनेछु ।’
साबिक मिथिलेश्वर मौवाहीको निम्न मध्यम वर्गीय किशान परिवारमा बुवा रामअवतार मण्डल र आमा दुलारी देवीको छोरा सुर्य नारायण मण्डलले सरकारी जागिर छाडेर यही वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट नगरपालिका मेयरको उम्मेदवार बनेका छन् ।
समाजलाई बृहत रुपमा सेवा गर्न र समाजलाई परिवर्तन गर्ने मुख्य बाटोनै राजनीति भएकाले सरकारी जागिर छाडेर नगरपालिकाको मेयरमा उम्मेदवारी दिएको उनले बताए ।
३० बर्ष अघि १५ महिने अहेब तालिम गरी पहाडी जिल्ला दैलेखबाट सुरु गरेको जागिरे जीवन १५ बर्ष जनकपुरधामस्थित अञ्चल अस्पताल हुँदै विगत केही बर्षदेखि आफ्नै गाउँको स्वास्थ्य चौकीमा कार्यरत रही सामाजिक सेवामा सकृया हुँदै आईरहेका थिए ।
८ बर्ष जागिर बाँकी रहँदै राजनीतिमा प्रवेश गरेका मण्डल भन्छन् परिवर्तन हामीबाटै सम्भव छ हामी जागरुक हुनुपर्छ । देश र समाजका लागि सेवा गर्न राजनीतिमा आएको उनले तर्क गरे ।
देश र समाजका लागि सेवा गर्न राजनीतिमा आएको उनले भने, ‘सेवक बन्न राजनीतिमा आएको हुँ ।’ बजेट वितरण विभेदपूर्ण गर्दै आफ्नो क्षेत्रको विकास निर्माणलाई मात्र प्राथमिकतामा राख्ने गलत परम्परा भएको जनाउँदै उनले त्यसविरुद्ध आफ्नो उम्मेदवारी भएको बताउँछन् । ‘म जाति, वर्ग, क्षेत्र र पार्टीको आधारमा विभेद गर्दिनँ, बजेट विनियोजन विभेदरहित हुनुपर्छ भन्ने मेरो मान्यता हो’ उनले भने । यतिमात्रै होईन मैले गरेको काम कारवाही पनि जनता सामु पारदर्शी राख्छु
मण्डलले जनताको शासक होईन सेबक बनेर काम गर्ने समेत प्रतिबद्धता जनाएका छन् ।
भिडियोमा हेरौ र सुनौं मण्डलको कुरा :