spot_img
शुक्रबार, बैशाख १२, २०८२
शुक्रबार, बैशाख १२, २०८२
- Advertisement -spot_imgspot_img
समाचारआर्थिकनेप्से ३० अङ्कले बढ्याे, एक अर्ब ४७ करोड रुपैयाँको...

नेप्से ३० अङ्कले बढ्याे, एक अर्ब ४७ करोड रुपैयाँको कारोबार 

चैत ३० , जनकपुरधाम ।
शेयर बजार आज बुधवार ३० अङ्कभन्दा धेरैले बढेको छ । हिजो मङ्गलवार ३४ अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज ३० दशमलव २४ अङ्कले बढेर दुई हजार चार सय १५ दशमलव २४ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा निर्जीवन बीमा, माइक्रोफाइनान्स, जीवन बीमा, उत्पादन, विकास बैंक र होटल तथा पर्यटनको समूहको शेयर उच्च अङ्कले बढेको छ ।

आज शेयर बढे पनि कारोबार रकम भने घटेको छ । हिजो एक अर्ब ५२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा आज दुई सय २९ कम्पनीको ३३ लाख ९८ हजार कित्ता शेयर एक अर्ब ४७ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको आठ करोड ४३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

- Advertisement -

आज नेस्डो समृद्ध लघुवित्तको शेयर १० प्रतिशतले र आरएमडीसी लघुवित्तको शेयर झन्डै नौ प्रतिशतले बढेको छ । दोहोरो अङ्कले बजार बढेको दिन युनाइटेड मर्दी हाइड्रोपावरको शेयर भने दुई प्रतिशतले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार