spot_img
बिहिबार, अशोज ११, २०८०
बिहिबार, अशोज ११, २०८०
- Advertisement -spot_imgspot_img
अपराधधनुषामा हत्या गरिएको अवस्थामा एक युवकको शव फेला

धनुषामा हत्या गरिएको अवस्थामा एक युवकको शव फेला

- Advertisment -spot_img

twitter sharing button
चैत २३, जनकपुरधाम।

 

धनुषामा गोली हानेर हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको छ ।

धनुषाको हंसपुर नगरपालिका ७ स्थित गहुँ खेतमा सोही स्थानका १८ वर्षीय विजय महराको शव हत्या गरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतका अनुसार महराको बायाँ आँखाको माथि निधारमा गोली प्रहार भएको देखिएको छ । यस्तै पछाडि ढाडमा दुई पटक चक्कुले प्रहार गरेको देखिएको हो ।

प्रहरी प्रवक्ता बस्नेतले महराको हत्या नै भएको देखिएको तथा शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लैजाने तयारी गरेका जानकारी दिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img

ताजा समाचार