spot_img
बुधबार, साउन ९, २०८१
बुधबार, साउन ९, २०८१
- Advertisement -spot_imgspot_img
मधेश प्रदेशपर्साबाट करोडौँको सामान बोकेको दुईवटा मालबाहक ट्रक नियन्त्रणमा

पर्साबाट करोडौँको सामान बोकेको दुईवटा मालबाहक ट्रक नियन्त्रणमा

चैत २३ , पर्सा ।

मेडिकल सामग्री बोकेको दुईवटा मालबाहक ट्रकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रज्ञापन पत्र बिना वीरगन्जबाट पथलैजा जाँदै गरेका दुई वटा ट्रकलाई प्रहरीले मंगलबार राति वीरगञ्जमा नियन्त्रणमा लिएको हो ।
ना७ ख ९४२ र ना२ख ९५४३ नम्बरको ट्रकलाई नियन्त्रणमा लिइएको हो ।
सशस्त्र प्रहरी बल १३ नम्बर मुख्यालय पर्साबाट खटेको टोलीले राति साढे ८ बजे ट्रक नियन्त्रणमा लिएको हो।
ना ७ ख ९४२ नम्बरको ट्रकमा ५१ लाख ९२ हजार रुपैयाँ बराबरको कपडा र मालसामान रहेको र ना२ख ९५४३ नम्बरको ट्रकमा ९४ लाख ५३ हजार रुपैयाँ बराबरको मेडिकल सामग्री, औषधी र खुद्रा सामानहरू रहेको थियो ।
आवश्यक कारबाहीका लागि प्रहरीले दुबै ट्रकलाई बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार