Home विजनेश पर्यटन मनाङ जति दुर्गम छ, त्यति नै सुन्दर पनि छ

मनाङ जति दुर्गम छ, त्यति नै सुन्दर पनि छ

0

नाङ भन्ने बित्तिकै हामीलाई सम्झना आइहाल्छ–हिमालपारीको जिल्ला । मनाङ जति दुर्गम छ, त्यति नै सुन्दर पनि छ । हिमाली जीवनशैली, भेषभुषा, संस्कार, रीतिथिति र रहनसहनलगायत मनाङका विशेषता हुन् ।

गण्डकी प्रदेशको विकट पहाडी भूभागमा पर्ने मनाङमा आन्तरिक पर्यटनलाई बढावा दिनको लागि नमस्ते मनाङ प्रालिले कम्पनीका सदस्य सहित महानायक राजेश हमाल समेतलाई लगेर पर्यटन प्रवर्द्धन गरेको छ ।
सो क्रममा स्थानीय जनप्रतिनिधि केन्द्र घले, बिनोद गुरुङ (यती होटेल) , स्थानीय युवा क्लब, चामे ताल मनाङ र कोतो  आमा समूह, नमस्ते मनाङलगायतले हमालसहित टोलीको स्वागत गरेको थियो ।

समुन्द्री सतहदेखि माथि गएपछि भ्रमणको क्रममा धेरैलाई लेक लाग्ने गरेको भेटिन्छ तर कतिलाई थाहा नै हुँदैन लेक के हो र कसरी लाग्छ भनेर । लेक लाग्नबाट बच्न कसरी भ्रमण गर्ने भन्नेबारे बुझेर एउटा तालिकामा हिँडे आफ्नो स्वास्थ्य पनि स्वस्थ रहने साथै बाटोमा पर्ने हिमाली मागहरुको पनि अवलोकन गर्न पाइने हुँदा त्यस्तो तालिका हितकर हुन सक्छ ।  अकस्मात उचाइमा जाँदा स्वास्थ्यमा देखिने समस्या नै लेक लाग्नु हो । त्यसकारण योजनाबद्ध रुपमा हिँडेर गन्तव्यमा पुग्नेगरी योजना बनाउनुपर्छ ।

 

मनाङ जान  तनहुँको डुम्रे–बेसिसहर हुँदै माथि लाग्नु पर्छ । जहाँ ताल भन्ने गाउँ आउछ, त्यहाँबाट मनाङ जिल्ला सुरु हुन्छ । अनी लाग्छ अब म हिमालको नजिक छु भन्ने । ताल, धरापनी ,ढिकुर पोखरी, तिमाङ जस्ता धेरै गाउँ यात्राका क्रममा भेटिन्छन्  । करिब २६०० माथि गएपछि अन्नपूर्ण हिमालको केही भाग देखिन्छ, त्यस्तै लम्जुङ हिमाललाई पनि नजिकबाट नियाल्न्न पाइन्छ । यस्तै बस्नका लागि रिवेर भ्यू रेसोर्ट जस्ता सुविधासम्पन्न रिसोर्ट पनि रहेका छन् ।

यदि तपाइँ मनाङ जाने सोचमा हुनुहुन्छ भने यसको प्रवन्ध नमस्ते मनाङले सर्वसुलभ मूल्यमा गर्दै आएको छ ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version