spot_img
शुक्रबार, फाल्गुन १८, २०८०
शुक्रबार, फाल्गुन १८, २०८०
- Advertisement -spot_imgspot_img
समाचारअन्तर्राष्ट्रियअर्थ मन्त्री साबरीले नियुक्त भएको एक दिनमै दिए...

अर्थ मन्त्री साबरीले नियुक्त भएको एक दिनमै दिए राजीनामा

श्रीलङ्काका अर्थ मन्त्री अली साबरीले नियुक्त भएको एक दिनमै राजीनामा दिनुभएको छ । हिजो सोमवार बिहान २६ जना मन्त्रीले सामूहिक राजीनामा दिएपछि राष्ट्रपति गोटाबाया राजापाक्षेले साबरीलाई अर्थ मन्त्रीमा नियुक्त गर्नुभएको थियो । तर उहाँले आज मङ्गलवार राष्ट्रपतिलाई पत्र लेखेर राजीनामा दिनुभएको हो ।

साबरीले आफूले धेरै सोचविचार गर्दा देशको बिग्रिएको अर्थतन्त्र सुधार्नका लागि उत्कृष्ट सोच र व्यक्ति चाहिएकाले राजीनामा दिएको बताउनुभएको समाचार संस्था एएनआईले जनाएको छ ।

साबरी अस्ति आइतवारसम्म न्याय मन्त्रीका रूपमा रहनुभएको थियो भने हिजो २६ जनासँगै सामूहिक राजीनामा दिनुभएको थियो, त्यही दिन बेलुका उहाँले फेरि अर्थ मन्त्रीको रूपमा शपथ लिनुभएको थियो ।

श्रीलङ्कामा आर्थिक सङ्कट चुलिएसँगै नागरिकले दैनिक उपभोग्य वस्तु पाउन छाडेका छन् । कागज किन्ने पैसा नहुँदा माध्यमिक तहका विद्यार्थीको परीक्षा रोकिएको छ, केही अस्पतालमा शल्यक्रिया प्रभावित भएको छ । डिजल÷पेट्रोल नहुँदा सार्वजनिक गाडी र ठूला उद्योग पनि बन्द भएका छन् । देशमा दैनिक १६ घण्टाभन्दा धेरै लोडशेडिङ सुरु भएको छ ।

अर्थ व्यवस्था बिगारेको भन्दै नागरिकले राष्ट्रपतिको राजीनामा माग गर्दै आन्दोलन चर्काएपछि राजधानी कोलम्बोसहितका केही सहरमा सरकारले कर्फ्यु लगाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार