स्वास्थ्य निर्देशनालयले सोमबार जनकपुरधाममा आयोजना गरेको प्रदेशस्तरीय पत्रकार अन्तक्र्रियामा उक्त खोप अभियानअन्तर्गत १५ महिनादेखि १५ वर्षका बालबालिकालाई खोप दिइने छ । स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले विशेष अभियानअन्तर्गत हुन लागेको टाइफाइडविरुद्धको खोप कार्यक्रम नियमित खोपसँगै सञ्चालन गर्ने तयारी भएको जानकारी दिए ।
खोप पूर्ण रुपमा सुरक्षित तथा टाइफाइडबाट बचाउन पूर्ण सक्षम रहेको अनुसन्धानबाट पुष्टि भएकाले निर्धक्क भएर खोप लिन निर्देशक झाले आग्रह सबैलाई आग्रह गरे । हातमार्फत मुखमा दिसाको कण परेको खण्डमा टाइफाइड हुने भएकाले जोगिनका लागि नियमित हात धुने, सरसफाइमा विशेष ध्यान दिने तथा मास्क लगाउने कामलाई निरन्तरता दिन वरिष्ठ स्वास्थ्य प्रशासक श्रवण नायकले आग्रह गरे ।
अढाइएमएलको एक भाइल खोपबाट पाँच जनालाई दिन मिल्ने र खोपको विषयमा स्वास्थ्यकर्मीलाई प्रशिक्षित बनाउने कामसमेत भइसकेको निर्देशनालयले जनाएको छ ।