spot_img
बिहिबार, अशोज ११, २०८०
बिहिबार, अशोज ११, २०८०
- Advertisement -spot_imgspot_img
मधेश प्रदेशसर्लाहीमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु

सर्लाहीमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु

- Advertisment -spot_img

सर्लाहीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ ।

आईतबार बिहान महेन्द्र राजमार्ग अन्तर्गत सर्लाहीको कालिञ्जोर पुल छेउमा ट्रकको ठक्करबाट लालबन्दी नगरपालिका–२ का २५ वर्षीय चन्दु पासवानको मृत्यु भएको प्रहरीले जनाएका छन् ।

ना २९ प २४३७ नम्बरको मोटरसाइकललाई लालबन्दी–१७ स्थित कालिञ्जोर पुलको पूर्वी मुखमै विपरीत दिशाबाट आएको ना ५ ख ८४८५ नम्वरको ट्रकले ठक्कर दिएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।लालबन्दीमा तेल नपाएपछि रानीगंजस्थित पम्पबाट मोटरसाईकलमा पेट्रोल हालेर फर्कदै गर्दा पासवान दुर्घटनामा परेका हुन्

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका पासवानलाई प्राथमिक उपचार पश्चात् थप उपचारका लागि जनकपुरधाम ल्याउने क्रममा बाटैमा मृत्यु भएको छ ।

। मोटरसाइकललाई ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img

ताजा समाचार