spot_img
मङ्लबार, अशोज १६, २०८०
मङ्लबार, अशोज १६, २०८०
- Advertisement -spot_imgspot_img
समाचारआर्थिकशेयर बजार राताम्मे, कारोबार रकम डेढ अर्ब रुपैयाँ पनि...

शेयर बजार राताम्मे, कारोबार रकम डेढ अर्ब रुपैयाँ पनि पुगेन

- Advertisment -spot_img
२० चैत , काठमाण्डाै – हप्ताको पहिलो दिन आज आइतवार शेयर बजार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ३० दशमलव ८९ अङ्कले घटेर दुई हजार पाँच सय १३ दशमलव ४१ विन्दुमा झरेको छ ।

म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक, माइक्रोफाइनान्स, उत्पादन र अन्य समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज दुई सय २४ वटा कम्पनीका ३२ लाख ५३ हजार कित्ता शेयर एक अर्ब ४६ करोड सात लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै सूर्य लाइफ इन्सुरेन्सको नौ करोड ७२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

सबैभन्दा धेरै युनाइटेड मर्दी जलविद्युत् र सूर्य लाइफ इन्सुरेन्स कम्पनीकाे शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार राताम्मे हुँदा पनि राष्ट्रउत्थान र नेष्डो समृद्ध लघुवित्त र इमर्जिङ नेपाल कम्पनीको शेयर १० प्रतिशतले बढेर सर्किट लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img

ताजा समाचार