spot_img
आइतबार, बैशाख ७, २०८२
आइतबार, बैशाख ७, २०८२
- Advertisement -spot_imgspot_img
मधेश प्रदेशप्रतिगमनविरुद्धकाे खबरदारी चलिरहेकाे छ : प्रचण्ड

प्रतिगमनविरुद्धकाे खबरदारी चलिरहेकाे छ : प्रचण्ड

रासस

  चैत २०, महोत्तरी – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनविरुद्धको खबरदारी चलिरहेको बताउनुभएको छ । आउँदो स्थानीय तह चुनावमा प्रतिगमनकारी जनताबाट पाखा लागेपछि आन्दोलनको एक चरण पूरा हुने उहाँले बताउनुभयो ।

बर्दिवास नगरपालिका–११ खयरमाराको सुन्दरबस्तीमा निर्मल लामा बहुप्राविधिक शिक्षालयको नवनिर्मित भवनको आज आइतवार उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘हामीले गएको वर्ष असंवैधानिक तवरले संसद् विघटन गर्ने हरकतलाई ठेगान लगायौँ, यसपालिको आसन्न स्थानीय तह चुनावले प्रतिगमनकारी झारपात सबै साफ गर्नेछ ।’ स्थानीय तह चुनावसम्म मात्र नभएर अब हुने संसदीय चुनावसम्म प्रतिगमनविरुद्धको पाँच दलीय गठबन्धन कायम रहने उहाँको भनाइ थियो ।

अध्यक्ष प्रचण्डले विगतमा आफू नेतृत्वको जनयुद्धताकाको ऐतिहासिक ठाउँ खयरमारा प्राविधिक शिक्षाको केन्द्र बनेको चर्चा गर्नुभयो । पाँच करोड ५० लाख रुपैयाँमा ४० कोठे र चार करोड ८३ लाख रुपैयाँमा २१ कोेठे गरी दुई अत्याधुनिक भवन शिक्षालयका लागि तयार भएका छन् । अध्यक्ष प्रचण्डले यिनै भवन आज एक समारोहबीच उद्घाटन गर्नुभएको हो ।

- Advertisement -

नेपालको वामप्रजातान्त्रिक आन्दोलनका योद्धा स्व. निर्मल लामाको नाउँमा ‘निर्मल लामा बहुप्राविधिक शिक्षालय स्थापना भएर सञ्चालनमा आएको चार वर्ष पूरा भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभिटी) को सम्बन्धनमा शिक्षालयले मधेस प्रदेशका माविलाई विभिन्न विषयको पठनपाठनको स्वीकृति दिने गरेको छ ।

बर्दिबास–११ को खयरमाराको चनौटेमा अध्यक्ष प्रचण्डले आज नै शहीद पार्क निर्माण कार्यको शिलान्यास गर्नुभयो । बर्दिवास नगरपालिकाले यो पार्क निर्माणको योजना अघि बढाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार