निगम र पेट्रोलियम व्यवसायीबीच हिजो शनिवार राति सहमति भए पनि आज आइतवार चालकहरूले विभिन्न माग राख्दै तेल लोड/अनलोड गर्न नमानेपछि पम्पहरूमा तेल पुगेको थिएन । ट्याङ्कर चालकहरूले केही सेवा, सुविधा माग गरेका र बिस्तारै पूरा गर्ने सहमति भएको उपाध्यायको भनाइ छ ।
अहिले पनि काठमाण्डौका केही पेट्रोल पम्पमा उपभोक्ताको लामो लाइन लागेको छ । पेट्रोलियम पदार्थको अभाव हुने हो कि भन्ने डरले बिहानैदेखि पेट्रोल पम्पमा उपभोक्ता लाइन बस्न पुगेका हुन् । तर नेपाल आयल निगमले भने पेट्रोलियम पदार्थको अभाव नभएकाले लाइनमा नबस्न आग्रह गरेको छ ।