Home समाचार दुल्ही झै सिंगारिए नेपाल रेल्वे , देउवा र मोदी उद्घाटन गर्दै

दुल्ही झै सिंगारिए नेपाल रेल्वे , देउवा र मोदी उद्घाटन गर्दै

0

१९ चैत , जनकपुरधाम ।

आज समुदघाटन हुने नेपालको एकमात्र रेल्वे जनकपुरधाम–जयनगर रेललाई दुल्ही झै सिंगारिएको छ । बर्षौको प्रतिक्षा पछि जनकपुरधाम सहित यस क्षेत्रको रेल्वे सेवा बल्ल समुदघाटन हुन लागेको छ । भारतको जयनगरमा रेललाई सजाएर तयार पारिएको छ । त्यहाँबाट खुल्ने रेललाई हरेक स्टेशनमा नागरिक अभिनन्दन गरिने छ ।

साथै हरेक स्टेशनमा स्वागतका लागि तयार छात्रछात्राहरुलाई समेत रेलमा सवार गराइने छ । नेपाल सरकारकी भौतीक पुर्वाधार तथा यातायात मन्त्री रेणु यादव समेत जयनगरबाटै रेलमा चढेर जनकपुरधाम आउने छिन । जनकपुरधाम स्टेशनमा आइपुगेपछि समुदघाटन समारोहको आयोजना हुनेछ । जस्मा भारतको नयाँ दिल्ली स्थित हैदराबाद हाउसबाट दुवै देशका प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट रेलको स्वीच थिचेर समुदघाटन गर्ने छ । आज उदघाटनको अवसरमा यात्रुले निःशुल्क रेल चढ्न पाउने छन् ।

आजदेखि जनकपुरधामको कुर्था–जयनगरसम्म ३५ किलोमिटरमा रेल सेवा यिनमित संचालन हुने छ । कुर्था–जयनगर सम्मको यात्राका लागि समान्य सिटका लागि रु ९० र वाता अनुकुलित सिट र सुविधा तर्फ ४ सय ५० रुपैया टिकट कायम गरिएको छ ।

जनकपुरधामबाट भने जयनगरका लागि समान्य टिकट रु ७० र एसीकोच तर्फ रु ३ सय ५० कायम गरिएको छ । लामो समय पश्चात रेल्वे चल्ने भएपछि स्थानीयबासी खुसी भएका छन् ।

२०७७ असोजमा दुवै रेल सेट भारताबाट जनकपुर ल्याइएको थियो । लामो समयसम्म रेल पालले छोपेर राखिएको थियो । २०७६ वैशाख २७ मा भारत सरकारसँग रेल खरिदसम्बन्धी सम्झौता भएको थियो। भारतीय रेलवे कम्पनी कोंकणले दुवै रेल सेट ८४ करोड ६५ लाख रुपैयाँमा तयार गरेर दिएको हो ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version