spot_img
आइतबार, जेष्ठ ६, २०८१
आइतबार, जेष्ठ ६, २०८१
- Advertisement -spot_imgspot_img
अन्यकृषिचितवनका ८ ठाउँमा एकै पटक देखियो बर्ड फ्लु

चितवनका ८ ठाउँमा एकै पटक देखियो बर्ड फ्लु

चैत १८, चितवन – चितवनको भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकाको विभिन्न आठ वटा कुखुरा फार्ममा बर्ड फ्लु भेटिएको छ । खैरहनी र भरतपुरका चार/चार वटा फार्ममा बर्ड फ्लु भेटिएको हो । बर्ड फ्लु भेटिएका भरतपुरका दुई र खैरहनीको एउटा फार्ममा गरी चार हजार ६ सय कुखुरा रहेका छन् । बाँकी फार्ममा रहेका कुखुरा गन्न बाँकी छ ।

चितवनमा बर्ड फ्ल’ बढेपछि पशु सेवा विभागका महानिर्देशक डा. रामनन्दन तिवारीसहितको विज्ञ टोली चितवन पुगेको छ । चितवन पुग्नुभएका तिवारीले अहिलेसम्म देशभरका १३ जिल्लामा बर्ड फ्लु देखिएको जानकारी दिनुभयो । मोरङ, सुनसरी, उदयपुर, बारा, पर्सा, धनुषा, काठमाण्डौ, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, चितवन, मकवानपुर र कास्कीमा बर्ड फ्लु देखिएको हो ।

सबै जिल्लामा गरी अहिलेसम्म ८८ हजार आठ सय पक्षी मारिएको, ५१ हजार सात सय ६३ अण्डा नष्ट गरिएको, ३० क्विन्टल २१ किलो दाना र २० किलो मासु नष्ट गरिएको तिवारीले जानकारी दिनुभयो । नष्ट गरेको कुखुरा तथा कुखुराजन्य वस्तुबापत सरकारले आठ करोड रुपैयाँभन्दा धेरै खर्च गरिसकेको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार