spot_img
बुधबार, साउन ९, २०८१
बुधबार, साउन ९, २०८१
- Advertisement -spot_imgspot_img
मधेश प्रदेशरौतहटमा ठूलो परिमाणमा विद्युतीय मोटर बरामद

रौतहटमा ठूलो परिमाणमा विद्युतीय मोटर बरामद

messenger sharing buttonsharethis sharing button
१८ चैत , रौतहट ।
नेपाल विद्युत प्राधिकरण  मौलापुर वितरण केन्द्रको चुहावट नियन्त्रण टोलीले ठुलो परिमाणमा विद्युतीय मोटरसहितका सामान बरामद गरेको छ।  ईलाका प्रहरी कार्यालय  मौलापुरको टोली र  देवाही गोनाही सशस्त्र बेस क्याम्पको टोलीको सहयोगमा चुहावट नियन्त्रण टोलीले विभिन्न स्थानबाट  ४२ थान  मोटर  र ५ थान कटर मेसिन बरामद गरेको हो।
हुकिङ गरेर विद्युत चोरिरहेको अवस्थामा बिहीबार राती २६ थान विद्युतीय मोटर, २ थान कटर मेसिन तथा विद्युतीय तार बरामद भएको विद्युत प्राधिकरण मौलापुरका प्रमुख सञ्जिवकुमार दासले बताएका छन् ।
 सो टोलीले २ दिन अघिमात्र १६ थान मोटर र ३ थान कटर मेसिन लगायतका सामान बरामद गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार