spot_img
आइतबार, बैशाख ७, २०८२
आइतबार, बैशाख ७, २०८२
- Advertisement -spot_imgspot_img
अपराधमहोत्तरीबाट स्रोत नखुलेको ८ लाख रकम सहित २ जना...

महोत्तरीबाट स्रोत नखुलेको ८ लाख रकम सहित २ जना पक्राउ

१८ चैत , महोत्तरी ।

महोत्तरीको सोनमा गाउँपालिका–३ स्थित नेपाल भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको रकम सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोनमा गाउँपालिका घर भएका २४ वर्षीय सुनिल महतो र २६ वर्षीय अनिल महतो छन् ।

आरोपीहरुको साथबाट ८ लाख १५ हजार नगद बरामद गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । रघुनाथपुर बीओपीबाट खटिएको टोलीले प्रदेश–२–०२–००२ प ९३५ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई चेकजाँच गर्दा स्रोत नखुलेको रकम फेला परेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार