१८ चैत , जनकपुरधाम ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनले देशको सवै स्थानिय तहमा पार्टीले चुनाव लडने गरि तयारी भइरहेको बताएका छन् ।
सिन्धुली तथा उदयपुर जिल्लामा हुने पार्टीको कार्यक्रममा सहभागी हुन आउने क्रममा जनकपुरधाम विमानस्थलमा पत्रकाहरुसंगको कुराकानीमा अध्यक्ष लिङ्गदेनले स्थानिय स्तरमा कुनै राजनितिक दलहरुसंग आवयश्कता परेको खण्डमा गठबन्धन हुन सक्ने बताएका छन् ।
अघिल्लो स्थानिय तहको निर्वाचनमा ७ सय ५३ मध्ये मुस्किलले ४० प्रतिशत स्थानिय तहमा उम्मेदवारी दिँदा मात्र पाँच स्थानिय तह जितेको बताउदंै अध्यक्ष लिङ्गदेनले जितेका पालिकाहरुमा राम्रो काम गरेकाले अव धेरै पालिका जित्ने दावी गरेका छन् । राप्रपाले जितेको स्थानीय तहहरुबाट हेराउँछौँ राप्रपाले देशकै नेतृत्व गरे कस्तो विकास हुन्छ’, उनले भने
कृषि अनुदानले कार्यकर्ता पाल्ने, शिक्षा र स्वास्थ्यमा कुनै पनि चासो नदिने परिपाटीले देश बर्बाद भएको उनको तर्क थियो । उनीसंगै पार्टीका उपाध्यक्ष विक्रम पाण्डे, ज्ञानेन्द्र शाही सहितका नेताहरु पनि चुनावी कार्यक्रममा आएका हुन् ।