Home अपराध सशस्त्रद्वारा प्रहरी वीरगञ्जबाट ३० किलो गाँजा बरामद

सशस्त्रद्वारा प्रहरी वीरगञ्जबाट ३० किलो गाँजा बरामद

0

१८ चैत , वीरगञ्ज ।

सशस्त्र प्रहरीले वीरगञ्जबाट ३० किलो अवैध लागुऔषध गाँजा बरामद गरेको छ ।

बिहीबार राति पौने १० बजेको समयमा पर्साको वीरगञ्ज महानगरपालिका २० स्थित हर्पतगंज सडक खण्डबाट सो गाँजा बरामद गरेको हो ।
चेकजाँचको क्रममा बिना नम्बर प्लेटको गाडीको डिकी भित्र दुईवटा प्लास्टिकले बेरेको पोकामा गाँजा बरामद गरेको मधेश प्रदेशका सशस्त्र प्रहरी प्रमुख (डिआइजी) गाणेश ठाडा मगरले जानकारी दिए ।
एउटा पोकामा १६ किलो र अर्को पोकामा १४ किलो १ सयग्राम गाँजा बरामद भएको हो ।
गाँजा नियन्त्रणमा लिई आवश्यक कारबाहिको लागि नेपाल प्रहरीलाई जिम्मा लगाइएको जनाएको छ ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version