spot_img
आइतबार, अशोज २७, २०८१
आइतबार, अशोज २७, २०८१
- Advertisement -spot_imgspot_img
समाचारचैत २० गते देखि दैनिक दुई पटक नेपाल रेल्वे...

चैत २० गते देखि दैनिक दुई पटक नेपाल रेल्वे गुड्ने

१८ चैत , जनकपुरधाम,

लामो समयको प्रतिक्षा पछि चैत २० गते ( आइतवार ) देखि दैनिक दुई पटक नेपाल रेल्वे गुड्ने भएको छ ।

- Advertisement -

शनिवार नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा भर्चुअल विधिबाट रेल्वेको शुभारम्भ गरेपछि दैनिक दुई पटक रेल गुड्ने नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिएका छन् ।
भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म ३४.९ किलोमिटरसम्म चल्ने रेल्वे शनिवार साढे १२ बजे जयनगरबाट गुड्ने महाप्रबन्धक झाले बताए ।

उनले दुबै देशका प्रधानमन्त्रीले दिल्लीस्थित हैदरावाद हाउसबाट संयुक्त रुपमा रेल्वे उद्घाटन गर्ने बताए ।

- Advertisement -

रेल्वे उद्घाटनपश्चात प्रत्येक स्टेशनमा नागरिक अभिनन्दनका लागि रेल रोकिने उनले बताए ।
उद्घाटन भएपछि आइतबारदेखि दैनिक आउने र जाने गरी रेल दुई पटक चल्ने महाप्रबन्धक झाले जानकारी दिए ।
बिहान साढे ८ बजे जयनगरबाट कुर्थाका लागि रेल चल्नेछ । दुई घण्टामा कुर्था स्टेशन पुग्ने छ । जनकपुरधामको कुर्थाबाट पौने ११ बजे भने जयनगरका लागि रेल चल्ने छ । सो रेल साढे १२ बजे जयनगर स्टेशनमा पुग्ने महाप्रबन्धक झाले बताए।
जयनगर गएको रेल पुनः ३ बजे फर्केर आउने छ भने बिहान साढे ८ बजे जयनगरबाट आएको रेल बेलुका ५ बजेर १५ मिनेटमा फर्कने गरी रेल्वेको समय निर्धारण गरिएको उनले बताए । यसरी नै रेल्वे दैनिक रुपमा दुईपटक नियमित रुपमा सञ्चालनमा आउने महाप्रवन्धक झाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार