Home अपराध जसपाका युवा नेता नविन यादव लेनदेन मुद्दामा जेल चलान

जसपाका युवा नेता नविन यादव लेनदेन मुद्दामा जेल चलान

0

१७ चैत , जनकपुरधाम ।
सत्तारुढ जनता समाजवादी पार्टीका युवा नेता नविनकुमार यादवलाई धनुषा अदालतले जेल चलान गरेको छ ।
जसपा धनुषाका स्थानीय युवा नेता यादवलाई लेनदेन मुद्दामा धनुषा जिल्ला अदालतको आदेशमा जेल चलान गरिएको हो ।
 एक वर्ष कैद वा ५ लाख रुपैयाँ बिगोसहित माग गर्दै लेनदेनमा धनुषा जिल्ला अदालतमा मुद्दा परेपछि यादव केही दिनअघि पक्राउ परेका थिए । बिगोसहित रकम यादवले नतिरेपछि धनुषा अदालतले एक वर्षका लागि जेल चलान गर्ने फैसला सुनाएको धनुषा प्रहरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
यादवलाई लेनदेन मुद्दामा धनुषा जिल्ला अदालतको आदेशमा सिन्धुली कारागार पठाइएको छ ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version