Home समाचार स्वास्थ्य २४ घण्टामा २५ जनामा काेराेना सङ्क्रमण

२४ घण्टामा २५ जनामा काेराेना सङ्क्रमण

0

   १७ चैत ,  काठमाण्डाै –
पछिल्लो २४ घण्टामा नेपालमा २५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार नौ सय ५१ जनाको नमुना परीक्षण गर्दा २५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ८९ जना कोरोना सङ्क्रमित निको भएसँगै अब नेपालमा कोरोनाका सक्रिय सक्रमतिको सङ्ख्या एक हजार ८१ जनामा झरेको छ । याे अवधिमा कोराना सङ्क्रमणका कारण कसैको ज्यान गएको छैन ।

यस्तै पछिल्लो २४ घण्टामा ६० हजार दुई सय ६० जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version