spot_img
आइतबार, अशोज २७, २०८१
आइतबार, अशोज २७, २०८१
- Advertisement -spot_imgspot_img
अपराधहत्या र बम प्रहारमा संलग्न पटेल वीरगन्जको गण्डकबाट पक्राउ

हत्या र बम प्रहारमा संलग्न पटेल वीरगन्जको गण्डकबाट पक्राउ

१७ चैत, वीरगन्ज ।

पर्सा जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा करिब २० वर्ष कैद सजाय तोकिएका फरार एक जनालाई ७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका– २१ पटेलनगर निवासी ४० वर्षीय रवीन्द्र पटेललाई बिहीबार जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगन्जको गण्डकबाट पक्राउ गरेको हो ।

- Advertisement -

पर्साको महुवन निवासी ४५ वर्षीय कुचन साहलाई २०६४ भदौ ९ मा गोली हानी हत्या गरेको ठहर गर्दै जिल्ला अदालतले ०७१ असार १७ गते पटेललाई कर्तव्य ज्यान मुद्दामा १९ वर्ष ११ महिना २२ दिन कैद सजाय तोकेको थियो । त्यसैबेला देखि पटेल फरार रहेका थिए ।

पर्साका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार विशेष सूचनाको आधारमा फरार कसुरदार पक्राउ टोलीले बिहीबार बिहान करिब १० बजेको समयमा पटेललाई वीरगन्ज महानगरपालिका १४ गण्डकबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार अदालतबाट कैद सजाय तोकिएका पटेल जिल्ला प्रशासन कार्यालयका एक कर्मचारीमाथि गोली प्रहार र एक उद्योगका अधिकृतमाथि बम प्रहार लगायत अपराधिक गतिविधिमा समेत संलग्न रहेका थिए ।

- Advertisement -

पर्सा प्रहरीका प्रवक्ता ओमप्रकाश खनालका अनुसार २०६५ असोज ३ मा जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत मोहन मैनालीको गोली हानी हत्या गरिएको थियो । कर्मचारीमाथि गोली हानी हत्या गरेको प्रकरणमा पनि पटेलको संलग्नता रहेको खनालले जनाए । यसैगरी २०६६ जेठ १३ मा प्रो. बायोटेक प्रालिका प्रशासकीय अधिकृत सोचनप्रसाद यादवमाथि गरिएको बम प्रहार प्रकरणमा पनि पटेलको संलग्नता देखिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार